१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मकैबारीमा शंकास्पद अवस्थामा ४५ वर्षीया महिलाको शव फेला

१६ असार २०८१, आईतवार ०७:२८

असार १६, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा मकैबारीमा महिलाको शव भेटिएको छ। हरिपुर नगरपालिका ४ हरैया गाउँका ठागा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको मकैबारीमा शंकास्पद अवस्थामा शव भेटिएको हो।

शनिवार दिउँसो ४ बजेतिर घरबाट घाँस काट्न खेततिर गएकी कृष्णादेवी अबेर साँझसम्म घर नफर्केपछि घरका सदस्यहरूले खोजेका थिए। मृतक महिलाका श्रीमानसहित टोलछिमेकका मानिसहरू खोज्दै जाँदा साढे ९ बजेतिर महिलाको शव मकैबारीमा भेटिएको थियो। घरदेखि झन्डै साढे पाँच सय मिटर पूर्व रहेको आफ्नै मकैबारीमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि रवीन्द्रकुमार सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद रहेको बताएका छन्।

मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपि सिंहले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल