२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१४ मेनपावरले बुझाए ‘फ्री भिसा, फ्री टिकट विवरण (सूचीसहित)

२०८१, २४ असार सोमबार १२:५१

असार २४, काठमाडौँ । चालु आर्थिक वर्षमा १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ मार्फत नेपाली श्रमिक विदेश पठाएको विवरण सरकारलाई बुझाएका छन् ।

चालू आर्थिक वर्ष २०८०\८१ को हालसम्म १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकहरूलाई विदेश पठाएको विवरण वैदेशिक रोजगार विभागमा बुझाएका हुन् । विभागले व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो । हालसम्म १४ मेनपावर कम्पनीले मात्रै कामदार पठाएको विवरण पेस गरेको विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले बताए ।

मेनपावर व्यवसायीहरूले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् । विभागले त्यस्ता १४ वटा मेनपावर कम्पनीको विवरण सार्वजनिक गर्दै उनीहरूले पैसा लिएको भए उजुरी गर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले फ्री भिसा, फ्री टिकट तथा शून्य लागतमा कामदार पठाएको विवरण माग गर्दा कामदारको नेपाल हुँदाको मोबाइल नम्बर समेत माग गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु