११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कञ्चनपुरको दोधारामा अहिलेसम्मकै सर्बाधिक बर्षा, के भन्छ मौसम विभाग ?

२६ असार २०८१, बुधबार ०२:५९

असार २६, काठमाडौँ । कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८: ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर बर्षा भएको हो ।

बिभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्बाधिक बर्षा हो ।

विभागले जारी गरेको विज्ञप्ति: 

यस वर्ष जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरू भएको मनसुन मिति २०८१/०३/१४ गते देखि २०८१/०३/२४ सम्म सक्रिय भएको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भागमा मिति २०८१/०३/२३ र २४ गते अति भारी वर्षा भएको थियो। मिति २०८१/०३/२४ गते बिहान ०८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि., हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो।

वायुमण्डलिय तथ्यांक, भु-उपग्रहबाट लिइएको तस्विर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएतापनि सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू- भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली  विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापिय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।

यस विभागको वि.सं. २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हाल सम्म मापन गरिएको सर्वाधिक वर्षा हो। यस अघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगष्ट १३) हेटौडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भू-संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ् वर्षा केन्द्रमा ५४०.० मि.मि वर्षा मापन गरिएको थियो।

यस मौसमी घटना सम्बन्धमा विभागले थप अध्ययन गरी जानकारी सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति