२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरिया गएर फर्किएकाका लागि पुनः अवसर, भाषा परीक्षाको आवेदन आह्वान

२०८१, २६ असार बुधबार ०६:४५

असार २६, काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाका लागि पुनः अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत पुनः कोरियामा रोजगारीका लागि जान पाउने अवसर प्रदान गरिएको हो । 

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो ।  

ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ । त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । उत्पादनमूलक क्षेत्रमा फारम भर्न चाहनेहरूले फारममा उल्लेख भएका ८ वटा समूहमध्ये जुन उपसमूहमा फारम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित ८ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । 

ईपीएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यहि साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ ।  परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिनेछ । परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ । 

नेपालले दक्षिण कोरियासँग गरेको समझदारी पत्र (एमओयू) अनुरूप ईपीएस मार्फत वैधानिक तवरबाट कामदार पठाउँदै आएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु