असार २७, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथदिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् ।
एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।