२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सिमलतालमा पहिलो पटक पहिरो खसेको हो, यसअघि पहिरो गएको थिएन’

२०८१, २८ असार शुक्रबार ०८:५१

असार २८,  काठमाडौं ।  २९ किलोमिटर दूरी भएको नारायणगढ-मुग्लिङ सडक क्षेत्रमा नियमितजसो पहिरो जाने भएकोले सडक डिभिजन कार्यालय चितवनले कालीखोला, नाम्सीपुल, मौरीपुल र तुइनखोला गरी चार वटा पहिरोको जोखिमजन्य स्थान पहिचान पनि गरेको छ । तर, हिजो बिहानैदेखि लगातार परेको पानीले ती चार स्थानमा पहिरो झारेन ।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार अन्य स-साना पुलेसाहरुबाट पनि ससाना पहिरो झर्ने गरेको छ । हिजो पनि ससाना पहिरोले थोरैथोरै समय बाटो रोकिने खुल्ने भइरहेको थियो ।

तर, राति एक्कासि सिमलतालको पुल वारि मुग्लिङदेखि २३ किलोमिटर ५ सय मिटर नारायणगढतर्फ एक्कासि लेदोसहित आएको पहिरोले दुई यात्रुबाहक बस नै त्रिशूलीमा खसायो ।


जसका कारण दुइटा बसमा सवार ६५ हाराहारीमा यात्रु बेपत्ता छन् । बस पनि त्रिशूली नदीमा डुबेको छ । इन्जिनियर साह भन्छन्, ‘हामीले पहिचान नै नगरेको ठाउँमा पहिलो पटक लेदोसहितको पहिरो खसेको हो ।’

घटनास्थल पुगेर फर्किएका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाल पनि यसअघि पहिचान नै नभएको ठाउँमा पहिरो खसेर ठूलो दुर्घटना भएको बताउँछन् ।

बस बगाएकोमात्रै होइन लेदोसहितको पहिरोले रातिदेखि नै बाटो अवरुद्ध गराएको कालीखोलाको पहिरो पनि नयाँ भएको इन्जिनियर साहले बताए ।

यसैबीच अहिले नारायणगढ मुग्लिङ सडकको पहिरो पूर्ण रुपमा पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकारीका अनुसार पहिरो पन्छाइ अहिले बाटो सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु