११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हनी ट्रयापमा संलग्न २ जना पक्राउ

२८ असार २०८१, शुक्रबार ११:३२

असार २८, काठमाडौँ । हनी ट्रयापमा पारेर बार्गेनिङ गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ छन्। पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले  राजधानीको बौद्धबाट पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा लिला बहादुर तामाङले पीडितको फेसबुक आइडी सिर्जना तामाङको ह्वाट्स एपमा पठाई साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट सिर्जना तामाङले पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको खुलेको छ । 

यस्तै पीडित कोठामा आउन मन्जुर भएपछि लिला बहादुर तामाङले पीडितसँगको भिडियो बनाउने प्रयोजनको लागि सिर्जना तामाङलाई आफ्नो मोबाइल दिएको पनि खुलेको छ । 

त्यसपछि सौरभले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडियो बनाई उक्त मोबाइल सौरभलाई फिर्ता गरेको पाइएको छ । त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई सुरुमा पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ । यस्तै पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू यसरी ठगिएपछि पीडित प्रहरीमा पुगेका थिए । 

पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी