२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिवपुरीमा हाइकिङ गर्न पुगेकालाई हतियार देखाएर लुटपाट

२०८१, ३० असार आईतवार १०:५३

असार ३०, काठमाडौँ । काठमाडौंको शिवपुर जङ्गलमा शनिवार हाइकिङ गरिरहेको टोली लुटपाटमा परेका छन्।

स्रोतका अनुसार बिहान ११ बजेतिर बुढानीकलण्ठ मन्दिरबाट झन्डै २ घण्टा पैदल दुरीमा रहेको क्षेत्रमा हिँडिरहेका बेला हतियारसहित आएको समूहले आफूहरूलाई लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले लुटेराको खोजी गरिरहेको छ।

प्रहरीमा परेको उजुरीअनुसार ५ जनाको समूह हाइकिङ गर्न शनिवार बिहान शिवपुरी जङ्गलमा छिरेका थिए। बागद्वार क्षेत्रमा पुगेपछि ५ जना अनुहारमा पट्टी लगाएको समूहले घेरेर उनीहरूसँग भएको सामान लिएका थिए।

‘सबैले अनुहारमा कालो पट्टी लगाएका थिए। उनीहरूले खुकुरी देखाउँदै हामीहरूलाई लुटपाट गरे’, पीडितले प्रहरीलाई भनेका छन्।

प्रहरीका अनुसार लुटेराले मोबाइल, घडी र पैसालगायत सामान लगेको पीडितले बताएका छन्। यसअघि झन्डै २ साताअघि काठमाडौंको चम्पादेवीमा पनि हाइकिङमा गएका दुई जनाले आफूहरू लुटपाटमा परेको भन्दै प्रहरीमा उजुरी गरेका थिए। उनीहरूको बयान अनुसार दुई जनाले खुँडा देखाएर उनीहरूसँग भएको मोबाइल लगेका थिए।

 प्रहरीले उक्त घटनाको पनि अनुसन्धान गरिरहेको छ। हालसम्म कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु