१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बससँगै त्रिशूली नदीमा हराएका ६२ मध्ये १३ जनाको शव भेटियो

३१ असार २०८१, सोमबार ०९:२७

असार ३१, नारायणगढ | मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठ वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सनाखत भएका सातमध्ये तीन वटा शव भारतीय नागरिकका हुन् । अरू मृतक नेपाली नागरिक हुन् ।

हराइरहेका अरू यात्रु तथा दुवै बसको खोजी कार्य आज पनि चलिरहेको छ । खोजीका लागि आज उच्च प्रविधिको सोनार डिभाइस पनि प्रयोग भइरहेको छ । यो डिभाइसले साउन्ड वेभमार्फत पानीमुनि दुई सय मिटर तलसम्मको वस्तु देख्न सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

काठमाण्डौबाट गौरतर्फ र वीरगञ्जबाट काठमाण्डौतर्फ गुडिरहेका दुई वटा बसलाई शुक्रवार बिहानै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए । ती बसमा कम्तीमा ६५ जना यात्रु चढेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ६५ जनामध्ये काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए ।

आज बिहान भेटिएका चारमध्ये दुई वटा शव गण्डक नहरको भारततर्फको क्षेत्रमा भेटिएका हुन् । अहिले घटनास्थलभन्दा ५० किलोमिटर तलसम्म खोजी भइरहेको छ । खोजीका लागि र्‍याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामेराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएका छन् । तर पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामरा खासै उपयोगी नभएको खोजकर्ताहरूको भनाइ छ । आज प्रयोग भएको सोनार डिभाइसले तरङ्गमार्फत वस्तु पहिल्याउन सक्ने भएकोले सहयोगी हुने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी