2026-06-20 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु

साउन १, सर्लाही । सर्लाहीमा तीव्र गतिमा गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु भएको छ। 

पूर्व पश्चिम राजमार्गमा पर्ने बाँके जंगलमा सोमबार गुडिरहेको बसबाट हामफाल्दा ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

काठमाडौँबाट विराटनगर तर्फ जाँदै गरेको ना. ७ ख १०५० नम्बरको बसबाट हाम फाल्दा सप्तरीको शम्भुनाथ नगरपालिका–४ नरहैया निवासी ३० वर्षीय शंकर चौधरीको मृत्यु भएको

हो। 


ईश्वरपुर नगरपालिका सागरनाथचोकस्थित सशस्त्र प्रहरीको बेसअगाडिको लच्का नजिक उनले तीव्र गतिमा गुडिरहेको बसको ढोकाबाट हाम फालेका प्रहरीले जनाएको छ।

बसबाट फाल हान्दा गम्भीर घाइते भएका चौधरीलाई लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

चौधरी बाराको पथलैयाबाट बस चढेका कन्डक्टरले बताएका छन्।  कन्डक्टर भाडा उठाउन व्यस्त भएका बेला चौधरीले एक्कासी आफैँले बसको ढोकाबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ