१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु

१ श्रावण २०८१, मंगलवार ०६:३५

साउन १, सर्लाही । सर्लाहीमा तीव्र गतिमा गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु भएको छ। 

पूर्व पश्चिम राजमार्गमा पर्ने बाँके जंगलमा सोमबार गुडिरहेको बसबाट हामफाल्दा ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

काठमाडौँबाट विराटनगर तर्फ जाँदै गरेको ना. ७ ख १०५० नम्बरको बसबाट हाम फाल्दा सप्तरीको शम्भुनाथ नगरपालिका–४ नरहैया निवासी ३० वर्षीय शंकर चौधरीको मृत्यु भएको

हो। 


ईश्वरपुर नगरपालिका सागरनाथचोकस्थित सशस्त्र प्रहरीको बेसअगाडिको लच्का नजिक उनले तीव्र गतिमा गुडिरहेको बसको ढोकाबाट हाम फालेका प्रहरीले जनाएको छ।

बसबाट फाल हान्दा गम्भीर घाइते भएका चौधरीलाई लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

चौधरी बाराको पथलैयाबाट बस चढेका कन्डक्टरले बताएका छन्।  कन्डक्टर भाडा उठाउन व्यस्त भएका बेला चौधरीले एक्कासी आफैँले बसको ढोकाबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी