2026-06-20 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमलताल दुर्घटना: बस र यात्रु गोताखोरले नभेटेपछि ‘सोनार’ क्यामराबाट खोजी, भारतबाट पनि विज्ञ ल्याइँदै

साउन १, काठमाडौँ | ६५ यात्रु रहेको २ बस बगाएको घटनामा १३ वटा मात्र शव भेटिएपछि नयाँ ढंगबाट खोजी सुरु भएको छ । सोमबारसम्म नारायणी नदीका विभिन्न ठाउँमा १५ शव भेटिए पनि बाँकीको अवस्था अज्ञात छ ।

१२ वर्षदेखि गोताखोरको काम गरिरहेका सशस्त्र प्रहरीहरूले नभेटेपछि पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामरा’ प्रयोग गरेर खोजी थालिएको हो ।

सोमबारदेखि प्रयोगमा ल्याइएको ‘सोनार’ उच्च क्षमताको भएको सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयका सहसमादेशक एसपी जनक पुरीले बताए ।


‘सोनार क्यामरा’ले तीन सय मिटर गहिराइसम्मको सूचना दिने छ । ‘‘यसअघि प्रयोग भएको सोनार क्यामराले पानीभित्र वस्तु छ या छैन भन्नेसम्म संकेत दिन्थ्यो । अहिलेको क्यामराले वस्तुको आकार, आकृति नै देखाउँछ । यसले गर्दा खोज्न सहज हुने छ’’ उनले भने ।

नदीको पानी धमिलो भए पनि ‘सोनार’ले गर्ने काममा केही फरक पर्दैन । यसअघि पुरानो ‘सोनार’ले गरेको संकेतका आधारमा शनिबार गोताखोरहरू त्रिशूलीभित्र गएका थिए । तर, केही भेटिएको थिएन ।

अहिले नयाँ उपकरण लिएर उद्धार टोली मोटरबोटमाथि नै ‘स्क्रिन’ राखेर खोज्दै घटनास्थलबाट अगाडि बढेको छ । घटनास्थलबाट ५० किलोमिटर परको गोलाघाटसम्म खोज्दै जाने छ । ‘सोनार’ले खोज्न सुरु गरेपछि घटनास्थलमा टोली नै बसेर गर्ने खोजतलास स्थगित गरिएको छ ।

त्रिशूलीमा पानी धमिलो छ । धमिलो भएकाले भिजिबिलिटी शून्य जस्तै छ । बहाव निकै उच्च भएकाले जोखिम पनि धेरै छ । चुनौतीका बाबजुद पनि गोताखोरहरू निरन्तर खोजीमा लागिरहेका थिए । बर्खाको पानीमा लेदो, मुढा, दाउरा जस्ता अनेकौँ बाधा पुर्‍याउने वस्तुको सामना गर्दै  अहिलेको टोलीले खोजी गरिरहेको छ ।

शुक्रबार बिहानीपख काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस पहिरोमा पुरिएका थिए । नारायणगढदेखि २२ किमि पूर्वोत्तर भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको हो । बस नदीमै पुगे पनि गणपति यातायातका तीन यात्रुले पौडेर ज्यान जोगाएका थिए । भने बाँकी यात्रु बससँगै बगेका हुन् ।

चितवन प्रशासनले गौर आउँदै गरेको बसमा ३८ र काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ यात्रु रहेको जानकारी दिएको छ । ३ जना सकुशल थिए । सोमबारसम्म नारायणी नदीका विभिन्न ठाउँमा भेटिएका १५ शवमध्ये सातवटा शव सिमलताल दुर्घटनामा बेपत्ताको रहेको पुष्टि भएको छ । अन्य ४३ यात्रुको अवस्था अज्ञात छ ।

बेपत्ता बस खोज्न भारतबाट विज्ञ ल्याइने

दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले सोमबार नै भारतबाट विज्ञसहितको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए ।

उनले घटना भएको पाँच दिन बितिसक्दा गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको बताए । गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय साक्षरकर्मी परिचालन गरेर नेपालमा भएका  सबै प्रविधिको प्रयोग गरी खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ