२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देब्रे हात भाँच्चिएर उपचार गर्न जाँदा दाहिने हातमा प्लास्टर

२०८१, २ श्रावण बुधबार १२:४१

साउन २, काठमाडौँ । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा प्लास्टर गरिएको तस्वीर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जिल्ला अस्पताल बझाङमा स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।

बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनिल दौल्याल आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडे ।

हात भाँच्चिएको आशंका भयो । अस्पताल टाढा थियो । उनलाई पट्टी बाँधेर घरेलु उपचार गरियो । भोलिपल्ट सोमबार बिहानै सुनीललाई उनका दाइ आदेश दौल्यालले जिल्ला अस्पताल सिमखेत पुर्‍याए ।


सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्‍याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए । सुनीललाई वार्डमा भर्ना हुन लगाए ।

केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर वार्डबाट बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए ।

प्लास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई कुरुवा बसेका दाइ आदेशको जिम्मा लगाए ।

तर, क्यान्टिनमा पुगेपछि भाइको हात हेर्दा त भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ । भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर भएपछि कुरुवा आदेशले भिडिओ बनाएर फेसबुकमा पोस्ट गरे ।

मंगलबार साँझ फेरि शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिस्चार्ज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु