२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री अ‍ोलीलाई कुन-कुन दलले दिँदैछन् विश्वासको मत ?

२०८१, ३ श्रावण बिहीबार ०६:३०

साउन ३, काठमाडौँ । मुलुकको ४५औं प्रधानमन्त्रीको रुपमा चौथो पटक सत्ताको बागडोर सम्हाल्न आईपुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् ।

बुधबार बसेको सत्ता साझेदार दलहरुका प्रमुख सचेतकसँगको छलफलपछि ओलीले विश्वासको मत लिने मिति टुंगिएको हो । उनले हिजो नै विश्वासको मत लिने कार्यसूची दर्ता गराउनका लागि संसद सचिवालयमा पत्र दर्ता गराईसकेका छन् । ओलीले आइतबार नै संसद्बाट देशवासीलाई सम्बोधन गर्ने कार्यसूची पनि रहेको छ ।


संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेका हुन् । ओलीले सोमबार शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरिसकेका छन् । उनको मन्त्रिपरिषद्मा एमालेर कांग्रेसका अतिरिक्त लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीसमेत सामले छ ।

क-कसले दिन्छन् ओलीलाई विश्वासको मत ?

२७५ सदस्यीय प्रतिनिधि सभामा झण्डै २ तिहाई सांसद्को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दुई तिहाई भन्दा धेरै सांसद्ले विश्वासको मत दिने देखिन्छ । संसद्मा ८८ सीटसहित पहिलो र ७९ सीटसहित दोस्रो दल रहेका कांग्रेस र एमालेबाहेक १४ सीट रहेको राप्रपा, ७ सीट रहेका जसपा, ६ सीट रहेको जनमत, ५ सीट रहेको जसपा नेपाल, ४ सीट रहेको लोसपा, ४ सीटनै रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने र विश्वासको मत दिने आंकलन गरिएको छ । त्यस्तै स्वतन्त्रबाट निर्वाचित योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिँदैछन् । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् ।

सरकारमा लोसपा र जसपामात्र सामेल भएपनि जसपा नेपाल र नाउपाले ओलीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने राप्रपा छलफलमै रहेको छ । दुई ठूला दल मिलेर सरकार बनाउनु राम्रो कुरा भन्दै सबैभन्दा सुरुमा स्वागत गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री ओलीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको हुँदा राप्रपाले पनि विश्वासको मत दिने विश्वास एमालेलाई रहेको छ ।

यता निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसहित ३ दलले भने ओलीलाई विश्वासको मत नदिने निश्चित भएको छ । माओवादीसहित रास्वपा र नेकपा एसले ओलीलाई विश्वासको मत दिँदैनन् । माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसका १० सांसद छन् । त्यस्तै एक जना सांसद रहेका आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले पनि ओलीको विपक्षमा मतदान गर्दा एक सांसद नै रहेको नेपाल मजदुर किसान पार्टीले तटस्थ रहने नीति लिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु