साउन ३, काठमाडौँ । चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।
मगर साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सरसम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
दृष्टिविहीन रहेका उनी बाटो खोजेर बाहिर निस्किने क्रममा बिहीबार बिहान कलेजको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका थिए ।
उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।