२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोर्न भिडिओको नक्कल गर्न खोज्दा ३ जना बालकले गरे ८ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या

२०८१, ३ श्रावण बिहीबार ०८:२२

साउन ३, काठमाडौँ । भारतको आन्ध्र प्रदेशको नान्दयाल जिल्लामा ७ जुलाईका दिन तीन जना स्कुले बालकले एक आठ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्नुको पछाडिको कारण पोर्न भिडिओ रहेको पाइएको छ । ती बालकहरूले फोनमा पोर्न भिडिओ हेरेको र त्यस्तै कार्य दोहोर्‍याउन नाबालिकामाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ ।

यस किसिमको घटना मन्दिरमा भएको थियो । आरोपितका बुबा र काकाले आफ्ना बच्चाहरूमाथि मुद्दा चल्ने डरका कारण नाबालिकाको मृत शरीर दुई पाङ्ग्रेमा लगेर ढुङ्गा बाँधेर कृष्णा नदीमा फ्याँकेको नान्दयालका एसपी अधिराजसिंह रानाले बताएको इन्डिया टुडेले लेखेको छ ।


आरोपित मध्ये दुई जना १२ वर्षका छन्, जो ६ कक्षामा अध्ययनरत छन् । तेस्रो बालक भने ७ कक्षामा पढ्ने १३ वर्षका छन् । रानाले भनेका छन् कि ३ कक्षामा अध्ययनरत नाबालिका बलात्कार पछि हत्या गरेको अभियोगमा आरोपितहरूलाई १० जुलाईमा पक्राउ गरिएको थियो ।

उनका अनुसार ती बालकहरूले पीडितलाई फकाइफुल्याइ बलात्कार गरी घाँटी निमोठेका थिए ।

आरोपितहरूले नाबालिकाको मृत शरीर नालीमा राखेर आफ्ना आफन्तलाई जानकारी गराएको बताउँदै एसपीले भनेका छन्, "त्यसपछि यो मामिलामा जोडिएको पाइएपछि आरोपितका बुबा र काकालाई पनि पक्राउ गरिएको छ ।"

बालिकाको लास नभेटिएसम्म खोजी कार्य जारी राखिएको थियो । "आरोपितहरूलाई मङ्गलबार अदालतमा पेस गरिएको छ । खोजी कार्यमा ड्रोन र पानीभित्र खिच्नसक्ने क्यामेरा लगायतका सम्पूर्ण स्रोतसाधन लगाएका थियौं र त्यसमा एनडीआरएफ भनिएका जवानहरूको पनि सहयोग लिएका थियौं," उनले भनेका छन्, "खोजी कार्य अझै पनि चलिरहेको छ र शरीर नभेटिएसम्म जारी रहनेछ ।"

आन्ध्र प्रदेशका गृहमन्त्री भी अनन्तले भनेका छन् कि मुख्य मन्त्री एन चन्द्रबाबु नायडुले नाबालिका परिवारलाई १० लाख रुपैयाँ भारु क्षतिपूर्तिको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु