१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वगृहमन्त्री रविले वास्तै नगरेको भन्दै धरानका मेयर हर्कले हालका गृहमन्त्रीलाई पठाए पत्र

३ श्रावण २०८१, बिहीबार ०९:००

साउन ३, काठमाडौँ । कार्यकक्षमा बोलाएर सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएका छन् । आफैंले दुर्व्यवहार गरेकी सञ्चारकर्मी संजिता धमलालाई कडा कानुनी कारबाही गर्न उनले गृहमन्त्री लेखकसँग माग गरेका हुन् ।

यही १९ असारमा एक सार्वजनिक कार्यक्रममा धमलाले धरानका जनप्रतिनिधिले मोटो रकम घूस लिएर नागरिकता सिफारिस गर्ने गरेको आरोप लगाएकी थिइन् । जनप्रतिनिधि निराधार आरोप लगाएको भन्दै मेयरले कार्यकक्षमा बोलाएर हप्कीदप्की गर्नुका साथै प्रहरीको जिम्मा लगाएका थिए । धमलाले पहाडबाट आउने महिलाहरूलाई समेत लाञ्छित गरेको उनले बताएका छन् ।


‘लगाएका आरोप पुष्टि हुने प्रमाणसहित आउन सके दोषीलाई कडा कानुनी कारबाहीको सिफारिस गर्ने वचन दिएकोमा २१ गते नगरप्रमुखको कार्यालयमा आई आफूले लगाएको आरोपको पुष्टि गर्ने प्रमाण दिएर सहयोग गर्नुको साटो सेवाग्राहीको सेवा पाउने समय र सरकारी कार्यालयको अनुशासन र मर्यादाको नियमविपरीत सार्वजनिकरूपमा शान्ति खलल् हुने गरी तल्लो स्तरको शब्दहरू प्रयोग गर्दै अति अभद्र शैलीमा करिब १ घण्टा निरन्तर होहल्ला गरेकाले कार्यालयमा सेवाग्राहीलाई दिनुपर्ने सेवामा प्रत्यक्ष असर परेको थियो’, गृहमन्त्रीलाई लेखेको पत्रमा हर्कले भनेका छन् । 

जनप्रतिनिधिलाई बिनाप्रमाण आरोप लगाएकोमा धमलालाई कारबाही गरदिन उनले अनुरोध गरेका छन् । यो घटनामा धरानका मेयर हर्कले दुर्व्यवहार गरेको भन्दै पत्रकारका विभिन्न संगठनले विज्ञप्ति निकालेका थिए । घटनाबारे छानबिन गर्न एक समिति नै बनेको छ । उक्त समितिले काम गरिरहेका बेला धरानका मेयरले गृहमन्त्रीलाई पत्र लेखेका हुन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी