१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यूएईविरुद्ध नेपाललाई पाँचौँ सफलता, कृतिकाले लिइन् विकेट

४ श्रावण २०८१, शुक्रबार ०९:५६

साउन ४, काठमाडौँ ।  श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको पाँचौँ विकेट लिएको छ । यूएईले पाँचौँ विकेटका रुपमा कविसा एगोडेगलाई गुमाएको हो । 

कविसाको विकेट कृतिका मरासिनीले लिएकी हुन् । कृतिकाले कविसालाई कविता जोशीद्वारा क्याच गराएकी हुन् । पेभेलियन फर्किनुअघि कविसाले २२ रन बनाइन् । उनले २६ बलको सामना गरी दुई चौका पनि प्रहार गरिन् । १५औँ ओभरको पहिलो बलमा कविसा आउट हुँदा यूएईले ७८ रन बनाएको छ । नेपालले टस जिती यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


त्यसअघि यूएईले पहिलो विकेटका रुपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् । 

तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रुपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो । 

यूएईले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको थियो । उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेकी थिइन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको थियो ।

यूएईले तेस्रो विकेटका रुपमा ओपनर थिरथा सतिषलाई गुमाएको थियो । थिरथालाई नेपाली टोलीकी कप्तान इन्दू बर्माले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएकी थिइन् । आउट हुनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले नौ रन बनाएकी थिइन् । ५.३ ओभरमा उनी आउट हुँदा यूएईले ३६ रन बनाएको थियो ।

यूएईले चौथो विकेटका रुपमा समाइरा धरनिधरकालाई गुमाएको थियो । समाइराको विकेट पनि कप्तान इन्दू बर्माले नै लिएकी थिइन् । उनले समाइरालाई कविता कुँवरद्वारा क्याच गराएकी थिइन् । पेभेलियन फर्किनुअघि समाइराले १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएकी थिइन् । ७.२ ओभरमा समाइरा आउट हुँदा यूएईले ४६ रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय