साउन ४, काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याट्र कविता कुँवरलाई गुमाएको हो । उनी १० बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएकी हुन् ।
उनको विकेट पनि यूएईकी बलर कविसा एगोडेगले लिएकी हुन् । उनलाई कविसाले हिना होचान्दनीमार्फत क्याच गराएकी हुन् । ७.३ ओभरमा कविता आउट हुँदा नेपालले ५१ रन बनाएको छ ।