१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थलबाट भन्सार छली लैजान लागेको ५२ ग्राम सुनसहित तीनजना पक्राउ

५ श्रावण २०८१, शनिबार ०३:०५

साउन ५, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले भन्सार छली लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाग्लुङ, बाग्लुङ नगरपालिका–४ का ३६ वर्षीय शम्शेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ का ३६ वर्षीय नुमबहादुर थापामगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ का ४३ वर्षीय साहेव देवन रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हिमालयन एयरलाइन्सको उडानद्वारा नेपाल आएका शम्शेर र नुम बहादुरलाई जनही रु ९ ÷९  हजार दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूका साथबाट प्रहरीले बाला दुई थान, औँठी एक थान र चन्द्र विन्दु एक थानसहित विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रवक्ता कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी