१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढी पहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापि, १ हजार भन्दा बढी परिवार जोखिममा

५ श्रावण २०८१, शनिबार ०९:४५

साउन ५, रुकुम । रुकुमपश्चिममा बाढी पहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन् । आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्तापित भएको जनाइएको छ । 

जिल्लामा बाढी र पहिरोका कारण एक हजार छ सय ६१ घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिरोको उच्च जोखिममा आठबिसकोट नगरपालिकाकै घर धेरै रहेको समितिको भनाइ छ । 

आठबिसकोटमा नगरपालिकामा एक हजार पाँच सय ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार बाँफिकोट गाउँपालिकामा ५४ र मुसिकोट नगरपालिकामा ५० घरपरिवार उच्च जोखिममा छन् । उक्त परिवार जोखिममै बस्न बाध्य छन् ।

जोखिममा रहेका घर परिवारलाई तत्काल अस्थायी आश्रय स्थलका लागि जिल्ला विपत् व्यवस्थापन समितिले टेन्ट माग गरेको छ । तत्कालका लागि एक हजार सात सय नौ थान टेन्टलगायतका अत्यावश्यक सामग्रीको व्यवस्था गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष माग गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

जिल्लामा पर्ने मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग तथा अन्य ग्रामीण सडक मनसुनजन्य विपत्का कारण अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै सडक अवरोध हटाउनका लागि डोजर, सडक मजदुरलगायतका स्रोत साधनहरू तयारी अवस्थामा राखिएको बताएको छ ।

गत सोमबार राति आठबिसकोट नगरपालिकाको १२ गिजागार खोलामा बाढी आउँदा झिनचौर बगरमा अस्थायी आवासमा सुतिरहेका तीन बालिकाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । विस्थापित परिवारलाई नजिकै रहेको कर्णाली वेभरेज र काष्ठ उद्योगमा स्थान्तरण गरिएको विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’