२३ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बंगलादेशबाट १७ बिद्यार्थी काठमाडौँ ल्याइदै – प्रधानमन्त्री ओली

६ श्रावण २०८१, आईतवार ०३:४१

साउन ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् ।

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन् ।


प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्- 'बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।'

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।

यसैबीच परराष्ट्र मन्त्रालयले बंगलादेशमा प्रदर्शन शुरु भएदेखि अहिलेसम्म ८ सयभन्दा बढी बिद्यार्थी नेपाल फर्किसकेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरु सडक र हवाई माध्यमबाट स्वदेश फर्किएको जनाएको छ ।  

बङ्गलादेशमा पछिल्ला दिनमा आरक्षणको विरोधमा आन्दोलन चर्केपछि हिंसात्मक घटना हुन थालेका छन् । ढाकास्थित नेपाली राजदूतावासका अनुसार हाल बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई पटक कारागारबाट भागेका विनायकलाई प्रहरीद्वारा गोली प्रहार गरी पक्राउ उपनिर्वाचन : हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम यसपटक कसको पल्ला भारी ? पूर्वमन्त्री दीपक मनाङेले भने: ‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु’ नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु ! एक महिनामै ‘कबड्डी ४’ रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘१२ गाउँ’, कति कमायो? पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने नारायणगढ-मुग्लिन सडक दुर्घटना: पाँचको मृत्यु (अपडेट) आज शुक्रबार फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर) आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ बढ्यो अमेरिकी डलर र युरोको भाउ एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक आजको मौसम यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना करेन्ट लागेर नेपाली सेनाको मृत्यु