2026-06-19 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

न्यूरोडबाट हट्यो महानगरको डोजर, सडकमै टेबुल राखेर काम गर्नथाले वडाध्यक्ष महर्जन

साउन ६, काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्यूरोडबाट डोजर हटाएको छ। न्यूरोडमा फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर तीनदिनपछि जुद्धशालिकबाट महानगर फिर्ता भएको हो। 

फुटपाथ विस्तार गर्न गएको डोजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेको छ। न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर राखिएको छ।

गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको छ। तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको  दबाबमा हटाइएको हो। 


शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो। स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन। स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो।

साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए। महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन। २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजन पनि फुटपाथको विरोधमा उत्रिएका थिए।

शनिबार पनि दिनभर स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न सकेन। स्थानीयको चौतर्फी विरोधपछि महानगर आज विहानै उक्त ठाउँबाट डोजर हटाएको हो।

३२ वटै वडाका केही वडाध्यक्षहरु र सदस्यहरु फुटपाथको विरोधमा उत्रिएका छन्। उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गर्न अवरोध नगर्न अन्तरिम आदेशदिएपछि महानगरले काम सुरु गरेको थियो।

त्यसअघि  गत जेठ पहिलो साता सडक डिभिजन काठमाडौं कार्यालयले अनुमति नलिई  फुटपाथ विस्तार गरेको भन्दै महानगरको सामान सडकबाट जफत गर्नुका साथै उक्त सडक आफ्नो   क्षेत्राधिकार  पर्ने भन्दै काम अघि नबढाउन  निर्देशन दिएको थियो। 

महानगरले  सडक डिभिजन  काठमाडौं कार्यालयविरुद्ध  उच्च अदालतमा  मुद्दा दायर गरेको  थियो। अदालतले  महानगरको पक्षमा अन्तरिम आदेश दिएको थियो। आइतबार बिहान नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलका भातृ संस्थाहरुले महानगरको उक्त कामविरुद्ध विरोध गरेका थिए। स्थानीयसँग सल्लाह नगरी डोजर चलाइएको भन्दै विरोध गरेका थिए। 

यस्तै काठमाडौं महानगरपालिकाको वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।

२२ नम्बर वडाका वडाध्यक्ष महर्जनले महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै सडकबाटै काम थालेका हुन् ।

उनले महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिँदै सडकबाटै वडाको काम सुरु गरेको बताए । धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट काम सञ्चालन गरेको उनले बताए । उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९बजेर ५५ मिनेटदेखि काम सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो