१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शेखरको आशंका- सरकारको नेतृत्व कांग्रेसले गर्ने पालो आउँछ कि आउँदैन भन्ने सबैको मनमा छ

६ श्रावण २०८१, आईतवार ०६:५३

साउन ६, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताएका छन्।

बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै कांग्रेसले खबरदारी नगरे सरकार निरंकुश बन्न सक्ने आशंका व्यक्त गरे।


उनले भने, ‘आज कांग्रेस सम्मिलित सरकार बनेको हुँदा तपाईँहरू खुसी हुनुहुन्छ । राम्रो काम गर्ला भन्ने लागेको छ । तर, भोलि के हुन्छ तपाईँ हामी सोचिरहेका छौँ । यो टिक्छ त भनेर । त्यस्तो अवस्थामा यो सरकार गइरहेको छ । यसलाई रोक्न हामीले निर्वाचन प्रणालीमा सुधार ल्याउन सक्नुपर्छ । मिश्रित प्रणालीमा गइरहने भए चुनावमा मिलेर गएको दलसँग पाँच वर्ष मिलेरै जानुपर्छ। अरू देशको उदाहरण हेरौँ न । हामी ठूलो दल छौँ अहिले ३२, कहिले ७७ सीटले नेतृत्व लिइराखेको छ। हामीले सकेका छैनौँ। त्यतातिर पनि ध्यान पुर्‍याउन जरुरी छ। कांग्रेसको पालोपछि आउँछ कि आउँदैन भन्ने सबैको मनमा छ।’

सरकारले जनभावना विरोधी काम चुप बस्न नहुने बताए।

उनले थपे, ‘दुई ठूला दल मिलेपछि हामी गल्ती र कमजोरी गर्ने छुट छैन। हामी सरकारले गरेको गलत कामको खबरदारी गरिरहन्छौं। दुई ठूला दल मिलेपछि निरंकुतातिर गयो भने के गर्ने ? त्यसैले सरकारलाई सचेत गराउनुपर्छ। सात बुँदे सहमति भन्नुभएको त्यो कार्यान्वयन गर्नुपर्छ। ओलीले सुशासन कायम गरेर जनतामा आशा फर्काउन सक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख