२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रचण्ड र नेपालबीच भेटवार्ता

२०८१, ६ श्रावण आईतवार ०७:०४

साउन ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहन्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिरहेको बेला प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघिनै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

तिनै दलले ओलीलाई संबिधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरिनु गलत भएको भन्दै यस विषयलाई संसद र सडकमा उठाउने बताएका छन् । त्यस्तै प्रचण्ड र नेपाल अहिले ओलीलाई दुई तिहाई सांसद्को समर्थन पुरा गर्न नदिने रणनीतिमा रहेका छन् ।

प्रचण्ड र नेपालले प्रयास गरेपनि ओलीले आज संसदमा दुई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाउने निश्चित जस्तै देखिएको छ ।

कांग्रेस र एमालेसहित ओलीसरकारलाई जसपा, नाउपा, जसपा नेपाल, लोसपा र दुई स्वतन्त्र सांसदहरुले विश्वासको मत दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु