१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्

६ श्रावण २०८१, आईतवार १०:४९

साउन ६,  काठमाडौँ । आफूले बोल्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठकमा नदेखेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रिसाएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको प्रतिनिधिसभाको बैठकलाई नेपालले सम्बोधन गरेका हुन्।

सम्बोधनको सुरुमै आफूले प्रधानमन्त्री ओलीलाई संसद्‍मा नदेखेपछि अरुको कुरा सुन्ने धैर्यता देखाउन नेपालले भने । ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ओलीलाई बधाईसमेत दिए ।  ‘ओली अहिले संसद् हलबाट बेपत्ता हुनुभयो । उहाँको उपस्थिति यहाँ आवश्यक थियो । तर उहाँले अरूका बचन सुन्न आवश्यक नठान्नु भएको होला ? मेरा पनि धुनहरू कर्णप्रिय नै होलान्’, उनले भने ।

नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन् ।  ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ । बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन् । विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ । अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने ।

नेपालले दुईतिहाइको वाम सरकार ढालेको विषयमा पनि गम्भीर हुन ओ‌लीलाई भने । उनले भने, ‘बहुमतको सरकार किन टिकाउन सक्नु भएन ?’, यसको उत्तर आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना