२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वमन्त्रीले घुस दिएको प्रकरण अख्तियारको नोटिसमा, छानबिनमा पुष्टि भए उनैलाई कारबाही हुनसक्ने !

२०८१, ६ श्रावण आईतवार ११:५७

साउन ६,  काठमाडौँ । पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोले आफूले ५ हजार रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेपछि अख्तियारले ‘घटना नोटिसमा रहेको’ बताएको छ । घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दा चलाउँदै आएको अख्तियारले यस भनाइबारे पनि  छानबिन गर्ने बताएको छ ।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले शिक्षामन्त्रालय अन्तरगर्त सानो ठीमीमा ५ जार रुपैयाँ घुस दिएको आएको घोषणा गरेका छन् ।

उनको यो भनाइपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले भने, ‘‘सार्वजनिक रुपमा कसैले घुस दिएको कुरा गर्छ भने त्यो हाम्रो नोटिसमा रहन्छ । छानबिनको विषय पनि बन्न सक्छ । संसदमा बोलेको कुरा भएका हाम्रो माननीयज्यूहरू (आयुक्त)को पनि ध्यानाकर्षण होला । यसमा छानबिन हुनेछ ।’’

यसअघि अख्तियारले घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दामा चलाउँदै आएको थियो । विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको पनि थियो ।

तर, पूर्वमन्त्री तथा सांसद महतोले घुस दिएको कुरा संसदमा बताएकाले संसदमा बोलेको कुरामा कारबाही नहुन सक्ने कानुन छ । यसमा कतिपयले भने सम्बन्धित व्यक्तिको नैतिकताको कुरा भएको बताएका छन् । कतिपयले घुस खुवाउनेलाई पनि कारबाही नै हुनसक्ने दाबी गरेका छन् ।

महतोले के भनेका थिए

‘‘म एउटा सानो उदाहरण दिन चाहन्छु म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ । म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौ, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टचारको कुरा गछौँ ।’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु