2026-06-19 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भीमेश्वर मन्दिरको शिलामा पुरै भाग ओगटेर आयो पसिना, अनिष्ट हुने मान्यता

साउन ९, दोलखा  | भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२: ४५ देखि ‘पसिना’ आएको बताए ।

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुलुकमा कुनै न कुनै अनिष्ट हुँदै आएको जनविश्वास छ । 

यसअघि श्रावण ५ गते शनिबार दिउँसो १:४७ बाट शिलामा पसिना आएको थियो । शिलामा यो पटक पुरै भाग ओगटेर पसिना आएको श्रेष्ठले बताए । गएकाे शनिबार भने शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको थियो ।


यसअघि २०७७ सालकाे फागुनमा काेराेना अघि भीमेश्वरको शिलामा पुरै भागमा ‘पसिना’ आएकाे उनले बताए । शिलामा पसिना आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका साथै मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए ।

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा भविष्य सूचक संकेतका रुपमा लिन जनविश्वास रहेको छ । 

९० सालमा पहिलोपटक भीमेश्वरलाई पसिना आउँदा नेपालमा महाभूकम्प आएको स्मरण गरिएको छ । त्यतिबेला तत्कालिन राजाबाट नै क्षमापूजा गर्ने गरिएको थियो । गणतन्त्र स्थापनापछि भने राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो