आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

2026-06-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा मर्मत नगरेर किन पोखरा जाँदै थियो सौर्यको जहाज?

साउन ९, काठमाडौँ । आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

जहाजको इन्जिन मर्मतको लागि पोखरा लैजान लागिएको एयरलाइन्सले जनाएको छ । काठमाडौंमा मर्मत नगरेर पोखरा लैजानुको कारणबारे हामीले त्रिभुन विमानस्थलका प्रवक्ता सुवाष झासँग सोध्यौं । उनले सौर्यको विमानस्थलमा आफ्नै ह्याङ्गर नभएकाले पोखरा लैजानु परेको बताए ।

उनले भने, ‘काठमाडौंको त्रिभुन विमानस्थलमा ठाउँ सानो छ । सौर्य एरयलाइन्सको आफ्नै ह्यांगर पनि छैन । पोखरामा ठूलो ठाउँ र खाली पनि छ । त्यसैले पोखरा लैजान खोजिएको थियो ।’

झाका अनुसार विमानस्थललाई जहाजले तिर्ने शुल्क काठमाडौं र पोखरामा खासै फरक छैन । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य रहेको उनले बताए ।

विज्ञका अनुसार विमानको मर्मत ४ प्रकारका हुन्छन् । ‘ए’ देखि ‘डी’सम्म विभिन्न प्रकृतिका मर्मत गरिन्छन् । ‘सी चेक’ डेढदेखि २ वर्षको अन्तरमा अनिवार्य गर्नुपर्ने हुन्छ । यसमा विमानका पार्टपुर्जाको सूक्ष्म मर्मत गरिने जानकारहरू बताउँछन् । वायर, प्रणाली र संरचनाको सूक्ष्म निरीक्षण गरेर बिग्रेको भए मर्मत गर्ने र आवश्यक परे नयाँ सामान फेर्ने काम ‘सी चेक’मा हुन्छ । 

दुर्घटनामा परेको विमान ‘सी चेक’ जाँचका लागि प्राविधिक र कर्मचारीको टिम लिएर पोखराका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो