2026-06-19 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सौर्य एयर दुर्घटनाका घाइते पाइलट शाक्यको मेरुदण्डको अपरेसन हुँदै

साउन ९, काठमाडौँ ।  बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यको मेरुदण्डको अपरेसन गरिने भएको छ। 

विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो। पाइलट शाक्य भने बाँच्न सफल भएका थिए। 

उनलाई लगत्तै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा लगेर उपचार थालिएको थियो। 

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, उनको मेरुदण्डको अपरेसन हुने भएको छ। 

‘शरीरका विभिन्न ठाउँमा घाउचोट छन्। कतै जलन भने छैन। मेरुदण्डको अपरेसन गरिँदै छ,’ एक चिकित्सकले  भने। 

उनका शरीरका केही परीक्षणहरूको रिपोर्ट आउन बाँकी छ।  अस्पतालले उनको स्वास्थ्यवस्थाबारे जानकारी गराउँदै केहीबेरमा विज्ञप्ति निकाल्ने तयारी गरेको छ। 

शाक्यको अहिले सोही अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले