2026-06-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दीपेन्द्र र रोहितले ग्लोबल टी-२० को पहिलो खेल गुमाउने

साउन १०, काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको ग्लोबल टी–२० क्यानडा लिगको पहिलो खेल गुमाउने भएका छन् ।

भिसा आउन ढिलाइ भएका कारण उनीहरूले लिगको पहिलो खेल गुमाउने भएका हुन् । दीपेन्द्र लिगका लागि बुधबार राति क्यानडा प्रस्थान गरेका छन् । रोहित भने बिहीबार त्यतर्फ उड्ने तयारीमा छन् ।

यसपटकको ग्लोबल टी–२० मा दीपेन्द्र भ्यानकुभर नाइट्स र रोहित टोरन्टो नेसनल्समा आबद्ध छन् । दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिगमा अनुबन्धित भएका हुन् ।


नेपाली टिमका पूर्वकप्तान सन्दीप लामिछाने भने लिगका लागि क्यानडा पुगिसकेका छन् । र, उनी पहिलो म्याचदेखि नै प्लेइङ–११ को लागि उपलब्ध हुने छन् । सन्दीप पनि यसपटक दीपेन्द्रआबद्ध भ्यानकुभरमै छन् ।

सन्दीप चौथोपटक ग्लोबल टी–२० लिग खेल्न लागेका हुन् । उनले सन् २०१८ मा मोन्ट्रेल टाइगर्स, २०१९ मा टोरन्टो नेशन्ल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट यो लिगमा प्रतिस्पर्धा गरेका थिए । 

ग्लोबल टी–२० मा अहिलेसम्म सन्दीपले कूल १७ म्याच खेलेका छन्, जसमा उनले २४ विकेट लिइसकेका छन् । सन्दीपले सन् २०१८ अर्थात् डेब्यू संस्करणमा ५ खेलमा ७.८५ को इकोनमीमा ८ विकेट हात पारे ।

उनले दोस्रो सिजनमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । सन् २०१९ मा भएको उक्त संस्करणमा उनले ४ खेलमा मात्र ५ विकेट लिन सके । तर, गत संस्करण अर्थात् सन् २०२३ मा भने उत्कृष्ट कमब्याक गरे । उक्त सिजनमा उनले ८ खेलमा ५.१७ को सानदार इकोनमीमा ११ विकेट लिए ।

सन्दीप यसपालि पनि आफ्नो लय कायम राख्दै टिमलाई उपाधि दिलाउन पूरा कोसिस गर्नेछन् । उनी भ्यानकुभरका प्रमुख स्पिनर हुन् । सन्दीपसम्मिलित भ्यानकुभरले पहिलो खेलमा रोहितआबद्ध टोरन्टो नेसनल्ससँग खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल शुक्रबार बिहान १:४५ देखि सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो