९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यसै वर्ष विवाह गर्ने तयारीमा थिए को-पाइलट सुशान्त

१० श्रावण २०८१, बिहीबार ०८:०३

साउन १०, काठमाडौँ । सौर्य एयरलाइन्सका को-पाइलट सुशान्त कटुवाल यसै वर्ष विवाह गर्ने तयारीमा थिए। मोरङको विराटनगर- ३ का स्थायी वासिन्दा कटुवाल पूर्व जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका एकमात्र छोरा हुन्। 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा परेर अन्य १७ यात्रुसँगै २८ वर्षीय कटुवाले पनि संसार छाडेका छन्। 

‘ओमबहादुर सरका एक छोरा र एक छोरी थिए। सुशान्तकी बहिनी अस्ट्रेलियामा छिन्,’ विराटनगर महानगरपालिका- ३ का वडाध्यक्ष वासु बस्नेतले भने, ‘बुवा–आमा छोरीलाई भेट्न अस्ट्रेलिया गएको बेला यता जहाज दुर्घटनामा ओमबहादुर सरका एकमात्र छोरा सुशान्त वितेका छन्। साह्रै दुःखद् घटना भयो।’


सुशान्त क्याप्टेन हुने लाइनमा थिए। चार वर्षअघि मात्रै क्यानाडाबाट पाइलटको कोर्स पूरा गरेर उनी नेपाल फर्किएका थिए। २ वर्षअघिदेखि उनले सौर्य एयरमा कोपाइलटको काम सुरु गरेका थिए। 

सुशान्त पढाईको क्रममा विदेशमा रहँदासम्म कटुवाल परिवार विराटनगर- ३ उदयमार्गस्थित घरमै बस्थे। तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए। हाल कटुवाल परिवार भक्तपुरको राधेराधेमा डेरामा बस्दै आएका थिए। हाल ओमबहादुर सेवाबाट निवृत्त भइसकेका छन्। 

‘केही वर्षदेखि उहाँहरुको विराटनगरको घर भाडामा छ। कहिले काहीँ मात्रै उहाँहरु यता आउनु हुन्थ्यो,’ वडाध्यक्ष बस्नेतले भने। ओमबहादुरका परिवार पछिल्लो समय भक्तपुरमा बस्दै आए पनि उनका धेरै आफन्त अहिले विराटनगरमै छन्।

विमान दुर्घटनामा सुशान्तको निधनले कटुवाल परिवारमा ठूलो वज्रपात परेको ओमबहादुर कटुवालका साथीसमेत रहेका सर्लाहीको ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि दाहालले बताए। 

‘छोरो पाइलट भएपछि कटुवाल परिवारमा खुशीयाली थियो। विवाह गर्ने तयारीमा रहेको छोराको निधनले कटुवाल परिवारमा ठूलो शोक परेको छ,’ दाहालले भने।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु