मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । म"/>
२८ मंसिर २०८२, शनिबार
अछाम - ACM

केही हुँदैन, झन् रमाइलो हुन्छ भन्दै यो समयमा सेक्स गर्नुहुन्छ ! केहि समस्या त हुँदैन ?

२१ कार्तिक २०७३, आईतवार ०७:१२

मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ? यसले महिलालाई शारीरिक हानि त हुने होइन ?-सी

महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ । 

तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।

मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।

सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । 

अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ । -स्रोत: शुकबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली