कात्तिक २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले वित्तीय साक्षरता बढाउने खालका कार्यक्रमहरु संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले वित्तीय साक्षरता बढाउने खालका कार्यक्रमहरु संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई आ"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वित्तीय साक्षरता अभियानमा सहभागी हुन बैंकहरुलाई गभर्नरको आग्रह

२०७३, २७ कार्तिक शनिबार १४:५७


कात्तिक २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले वित्तीय साक्षरता बढाउने खालका कार्यक्रमहरु संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेका छन । 

मिडिया इन्टरनेशल र राष्ट्र बैंकको समन्वयमा आयोजित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तीय साक्षरता बढाउने काममा बैंक तथा वित्तीय संस्थाको भूमिका गहन हुने भन्दै त्यसमा लाग्न आह्वान गरेका हुन् । 

भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘वित्तीय साक्षरता बढ्नु नै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्नु हो ।’

बैंक तथा वित्तीय संस्थाको संख्या बाक्लो भएपनि अझै ६० प्रतिशतभन्दा बढी नेपाली बैंकिङ पहुँचभन्दा बाहिर हुनु दुखद भएको बताउँदै गभर्नर नेपालले सबै मिलेर अघि बढ्ने हो भने छिट्टै सबै नेपाली बैंकिङ पहुँचमा आउने दाबी गरे । 

अर्को प्रशंगमा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कसैको स्वार्थअनुकुल पारित हुन नहुने बताए । त्यससम्बन्धी कुरा आफुले संसदको अर्थ समितिमा पनि पटक–पटक उठाएको उनको भनाई थियो । बैंक तथा वित्तीय संस्थामा अध्यक्ष र सञ्चालकको कार्यकालबारे मस्यौदा राष्ट्र बैंकले लामो छलफल र अध्ययनपछि तयार गरेकाले त्यसलाई परिमार्जन गर्न नहुनेतर्फ उनको जोड थियो । 

त्यस्तै लघुवित्तका लागि निर्धारण गरिएको स्प्रेड दरसम्बन्धी व्यवस्थामा पुनर्विचार नहुने उनले स्पष्ट पारे । ‘हामीले सोचेर, सम्झेर र अध्ययन गरेरै यो निर्णय गरेका हौँ, राष्ट्र बैंकले भनेपछि गर्नुपर्छ, त्यसैले यसमा हामी ब्याक हुँदैन ।’

कार्यक्रममा राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवती प्रसाद नेपालले वित्तीय साक्षरताका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । ‘मिडिया इन्टरनेशनलले आफ्नो ठाउँबाट पहल सुरु गरेको छ’, उनले भने, ‘वित्तीय साक्षरता बढाउने हामी सबैको कर्तव्य हो, त्यसैले सबै मिलेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले वित्तीय साक्षरता बढ्नु बैंक तथा वित्तीय संस्थाकै लागि फाइदाजनक हुने औँल्याए । उनले भने, ‘वित्तीय जागरण अभियानमार्फत हामीले सुरु गरेको वित्तीय साक्षरता कार्यक्रम बैंक तथा वित्तीय संस्थाहरुकै अनुकुल छ, यस कार्यक्रमबाट नागरिकले बैंक बुझ्नेछन्, ‘मनि मुभिलाइजेशन प्रोसेस’ बारे बुझ्छन् र बैंकसँग कारोबार गर्न थाल्छन् ।’ मुलुकमा राजनीति बढी भएको तर आर्थिक रुपमा अघि बढ्न नसकेकाले समृद्धिकै लागि वित्तीय साक्षरता वित्तीय जागरण अभियान राष्ट्रिय अभियान सुरु गरिएको उनले स्पष्ट पारे । 

कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

मिडिया इन्टरनेशनलले बुद्धको जन्मस्थल लुम्बिनीको ग्रामिण क्षेत्र रुद्रपुरबाट ‘वित्तीय जागरण–राष्ट्रिय अभियान’ शुक्रबार सुरु गरेको हो । सो कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले समुद्घाटन गरे । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको हो भने बैंकर्स संघ, विकास बैंकर्स संघ, लघुवित्त विकास बैंकर्स संघले समन्वय गरेका हुन् । सो कार्यक्रमलाई अब देशैभरि संचालन गरिने मिडिया इन्टरनेशनलले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ