2026-09-30 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ | बालेन्द्र शाह ‘बालेन’ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सुनुवाइ सम्पन्न भएको छ र अब आदेश आउने तयारीमा छ। शुक्रबार (वैशाख ४) सर्वोच्च अदालत मा न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापा को संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो। दुवै पक्षको बहस सकिएसँगै अदालतले आदेश तयार पारिरहेको छ।

यो अवहेलना मुद्दामा बालेन विगत तीन वर्षदेखि नियमित रूपमा अदालत धाइरहेका छन्। यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले बालेनले वारेसमार्फत तारिख धान्न पाऊँ भन्ने माग अस्वीकार गर्दै, मुद्दाको गम्भीरता हेरेर उनी स्वयं उपस्थित हुनुपर्ने आदेश दिएको थियो।

अदालतको सो आदेशपछि बालेन आफैं तारिखमा उपस्थित हुँदै आएका छन्। पृष्ठभूमिमा, उच्च अदालत पाटन ले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका थिए। उक्त अभिव्यक्तिमा अदालतको आदेश अवज्ञा गर्ने संकेत दिएको आरोप लगाउँदै अधिवक्ता वर्षाकुमारी झा ले अवहेलना मुद्दा दायर गरेकी हुन्। उनले सामाजिक सञ्जालमा अदालत र सरकारलाई जोडेर आपत्तिजनक टिप्पणी गरिएको दाबी गरेकी छन्।

बालेनले फेसबुकमार्फत “सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई आधार बनाएर मुद्दा अघि बढाइएको हो। उक्त अभिव्यक्ति ०८० असार ७ गते सार्वजनिक भएको बताइएको छ। निवेदनमा न्याय प्रशासन ऐन २०७३ को दफा १७ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ५९ अनुसार अवहेलनाजन्य कसुरमा अधिकतम सजाय माग गरिएको छ। अधिवक्ता झाका अनुसार, सार्वजनिक पदमा बसेका व्यक्तिले कानुन र अदालतको आदेश अक्षरसः पालना गर्नुपर्नेमा सामाजिक सञ्जालमा दिइएको यस्तो अभिव्यक्ति क्षमायोग्य हुन नसक्ने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते