2026-10-19 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटका क्रममा दोषी जोकोही भए पनि नछाड्ने दृढता व्यक्त गरेका हुन्। गुरुङले भने,‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ। मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन ।’

उनले ‘भीआईपी’ भनिएका व्यक्तिहरूलाई अदालतले उन्मुक्ति दिएकोमा भने कडा असन्तुष्टि पोखे। विशेषगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न आफू र सुरक्षा निकायका प्रमुखहरू रातभर खटिए पनि अदालतको आदेशले उहाँलाई छाडिएकोमा उनले असन्तुष्टि पोखे। ‘रातभर दुई आईजीपी म बसेर काम गर्‍यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेर गयो’, उनले भने ।

विभिन्न कानूनका कुराहरु आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानून अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानूनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्’, उनले भने ।

अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ