कुमारपन्थी/कात्तिक ३०, कतार । कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुमारपन्थी/कात्तिक ३०, कतार । कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, ने"/>

१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा अलपत्र परेका दश नेपाली मध्येका २ स्वदेश फर्किए

३० कार्तिक २०७३, मंगलवार ०७:५८


कुमारपन्थी/कात्तिक ३०, कतार । कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किन पाएका हुन ।

बिगत २ महिना देखि कम्पनि मालिक फरार भएपछि मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा र बिर बहादुर बि.क. अलपत्र परेका थिए ।

जस मध्ये तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किएका छन । बाकि रहेका ८ जना नेपालीलाई एक हप्ता भित्रमा नेपाल फर्काउन पहल भइरहेको आचार्यले जानकारी दिए । आचार्य भन्छन, नेपाली दूतावास कतार र हाम्रो पहल जारी छ कम्पनि मालिकलाई दूतावास र हामीले पटक पटक सम्पर्क गरिरहेका छौ, उसले विभिन्न बहाना बनाएर उम्किन खोजिरहेको देखिन्छ । तर हामीले कुनै पनि हालतमा उम्कन नदिई पीडितले पाउन पर्ने न्याय र अधिकार दिलाएर कानुनी प्रकृया मिल्ना साथ बाकी रहेका सबै नेपालीलाई स्वदेश फर्काउने छौ ।

यदि अल वाजिर कम्पनीका मालिक र मेनपावर कम्पनीले टिकट उपलब्ध नगराए पनि ३/४ दिन भित्रमा आफुले नै सबै ब्यबस्था मिलाएर पिडितलाई स्वदेश पठाउने आचार्यले दाबी समेत गरेका छन ।

अल वाजिर कम्पनीका मालिक (मोबाइल नम्बर ५५४६९६९२) कामदारलाई बिचल्ली बनाएर करिब २ महिना देखि सम्पर्क बिहिन रहेको भनि विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी कम्पनि मालिक सम्पर्कमा आएर ५ जनालाई १ हजार रियालका दरले ५ हजार कतारी रियाल उपलब्ध गराएको थिए । बाकि पाच जनालाई केहि दिन भित्र बाकि रहेको रकम उपलब्ध गराउने बताए पनि अहिले कम्पनि मालिक पुनः सम्पर्क बिहिन बनेका छन ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्ने (मोबाइल नम्बर ७०४४३७४७) जसले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर छ पिडितहरु बताउछन ।

कम्पनिले बिचल्ली बनाएर अलपत्र परेका पिडितहरुलाई  खाना  समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गर्दै आइरहेको छ । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएको  पिडितहरुले बताएका छन ।

नेपाली फर्किएका तिलक भुजेल र अम्बर थेगिंगले गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, झविन्द्र आचार्यलाई बिशेष धन्यवाद प्रकट गरे। साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताउदै बाकि रहेका ८ जनालाई छिटै नेपाल पठाई दिन समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या