पर्वत । स्थानीय तहको पुर्नसंरचनामा राजनीतिक खिचानी हुन थालेपछि पर्वतमा स्थानीय तहको संख्या टुंगो लगाउन सकेको छैन ।
    आयोगले कार्तिक महिनाभित्र नै प्रतिबेदन बुझाउन  जिल्लाहरुलाई सुचित गरेता पनि पर्वतको भने संख्यामा विवाद दिनप्रति दिन बढ्दै गइरहेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको पुर्नसंरचनामा राजनीतिक खिचानी हुन थालेपछि पर्वतमा स्थानीय तहको संख्या टुंगो लगाउन सकेको छैन ।
    आयोगले कार्तिक महिनाभित्र नै प्रतिबेदन बुझाउन  जिल्लाहरुलाई सुचित गरेता पनि पर्वतको भने संख्यामा विवाद दिनप्रति दिन बढ्दै गइरहेको छ"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजनीति भागबण्डामा पर्वतको पुर्नसंरचना कार्तिकभित्र प्रतिबेदन बुझाउन असफल

१ मंसिर २०७३, बुधबार ०५:३१

मङ्सिर १, पर्वत । स्थानीय तहको पुर्नसंरचनामा राजनीतिक खिचानी हुन थालेपछि पर्वतमा स्थानीय तहको संख्या टुंगो लगाउन सकेको छैन ।

आयोगले कार्तिक महिनाभित्र नै प्रतिबेदन बुझाउन  जिल्लाहरुलाई सुचित गरेता पनि पर्वतको भने संख्यामा विवाद दिनप्रति दिन बढ्दै गइरहेको छ । शिर्ष तीन दलहरु विच आपसमा समझदारी नहुदाँ जिल्लाको स्थानीय तहको संख्यामा विवाद चुलिएको हो । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले  आयोगले तोकेको संख्याभन्दा माथि जाने निर्णय गरेता पनि कुन गाविसलाई कुन कता राख्ने भन्ने विषयमा मत मिल्न सकेको छैन ।

आयोगले जिल्लामा न्यूनतम ४ र अधिकतम ७ वटा सम्म संख्या निर्धारण गर्ने सक्ने जनाएको छ तर राजनीतिक दलहरु भने संख्या ४ र ७ मा नभइ ८ मा लैजानु पर्नेमा मत राख्दै आइरुहेका छन् । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, नेकपा एमालेका सचिव पदमपाणी शर्मा, माओवादी केन्द्रका संयोजक नेत्र अधिकारीले जिल्लाको पुर्नसंरचना विगतमा गरीएको इलाका जस्तो नभएको भन्दै जिल्लामा ८ वटा संख्या निर्धारण गर्नुपर्ने बताउँदै आइरहेका छन् । उनीहरुले जिल्लाको भौगोलिक बनावटका कारण सात र ४ मा सिमित राख्न नसकिने भएकोले जिल्लामा १ नगरपालिका सहित ७ वटा गाउपालिकाको संख्या निर्धारण गर्नुपर्ने धारण राख्दै आइरहेका छन् । यद्यपी जिल्लाको जनसंख्याको हिसबाले जिल्लामा ७  वटा स्थानीय तहसमेत हुन नसक्ने विश्लेषकहरु बताउँछन् ।

राजनीतिक दलहरुमा संख्यामा विवाद नदेखिएता पनि गाविस कसरी मिलाउने भन्नेबारेमा विवाद रहदै आइरहेको छ । राजनीतिक दलहरु आआफ्नो स्थानीय तहको संख्या तोकि सोही अनुसारका नक्साङकन समेत      गरेको बुझिएको छ । दलहरुले आफ्नो मतदाताको पकेट क्षेत्रका आधारमा आआफ्नो तहगतरुमा सिमांकन गरी जिल्लाको स्थानीय तहको पुर्नसंरचना गरेको बुझिएको छ । जसका कारणले पनि जिल्लाको पुर्नसंरचनाको टुंगो अझै लाग्न सकेको छ्रैन ।

जिल्लाका सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागाइले पनि जिल्लाको पुर्नसंरचना सवै नागरिकको पहुँच हुन खालको हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले जिल्लाको पु्र्नसंरचना पछिको नागरिकले सेवा सुविधा सहज रुपमा छोटो समयमा पाउनुपर्नेमा जोड दिएका छन् तर सांसदहरु पनि आफ्नो मतदातको पकेट क्षेत्रका आधारमा स्थानीय तह बनाउन होडबाजीमा लागेको  बुझिन आएको छ ।जोशी क्षेत्र नं १ का नेका सांसद हुन भने लम्साल क्षेत्र नं २ का एमाले सांसद हुन र चापाइगाई एमालेबाट समानुपातिक सांसद हुन । जोशी र लम्सालले आफ्ना मतदातालाई केन्द्रित पारि स्थानीय तहको सख्या र मुख्य केन्द्र तोक्नको लागि ताकेता गरेको बुझिएको छ ।

राजनीतिक दलहरुमा स्थानीय तहको पुर्नसंरचनामा विवाद चुलिएसँगै स्थानीयबासी आआफ्नो धारणा र माग लिएर जिल्ला विकास समितिको कार्यालय घेराउ गर्न आउनेक्रम चलिरहेको छ । ठूलीपोखरीमा केन्द्र राख्नको लागि माग गदै ठूलीपोखरी, थापाठाना, खौला लाकुरी लगायतका गाविसका स्थानीयहरु डेलिकेशन तथा जिल्ला विकास समिति घेराउन गर्न आएका थिए ।

यता संख्यामा  कात्तिक मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउन स्थानिय निकायको     पुनर्संरचनाका लागि गठन भएको आयोग असफल भएको छ ।

साथै तराई मधेसका आठ जिल्लामा कायम विवादका कारण प्रतिवेदन बुझाउने समय पनि अनिश्चित भएको छ ।

आयोगलाई सरकारले सकेसम्म कात्तिक मसान्तभित्रै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । तर, प्रदेश नम्बर २ का ८ जिल्लाका प्राविधिक समितिले मधेसवादी दलहरुको अवरोधका कारण प्रतिवेदन केन्द्रमा पठाउन सकेनन् । प्रदेश नम्बर २ बाहेक कालिकोट,रुकुम, रुपन्देहीलगायतका जिल्लामा पनि प्रमुख तीन दलका नेताहरुबीच विवाद कायमै छ ।यसअघि आफैं घोषणा गरेको मितिमा प्रतिवेदन बुझाउन असफल भएको आयोगले अब मंसिर दोस्रो साताको भाका तोकेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या एवम् सिमाना निर्धारण गर्न गठित पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले मंसिर दोस्रो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाउने गृहकार्यमा जुटिरहेको बताए ।

मंगलबारसम्म आयोगमा ५९ जिल्लाले मात्र प्रतिवेदन पेश       गरेका छन् । आयोगले जिल्लाबाट आएको प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भए तीन दिनको समय दिएर फेरि पनि जिल्लामा पठाउने आयोगको तयारी छ । आयोगलाई प्राप्त म्याण्डेडका आधारमा स्थानिय तहको पुनसंरचनामा विवाद देखिए जिल्ला स्तरमा रहेको प्राविधिक समितिले राजनीतिक दल  र   सरोकारवालाहरुसँग छलफल गरेर समस्याको समाधान गर्ने समिति सदस्य निरज शाहले बताए । उनले विवादित जिल्लाबाट केही दिनभित्रै प्रस्तावित प्रतिवेदन पनि केन्द्रमा आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली