२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त

२०८१, ४ कार्तिक आईतवार १२:५५

कास्की | रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरामा तनावको अवस्था सिर्जना गरेको छ। प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले महानगरका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लङ्घन गर्दै शहीदचोक र आसपासका क्षेत्रमा विरोध प्रदर्शन जारी राखेका छन्। रास्वपाका नेता, कार्यकर्ता, र समर्थकहरू अदालत परिसरअघि भेला भएपछि प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेलको स्थिति सिर्जना भएको हो। जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति शान्ति सुरक्षा कायम गर्न परिचालित गरिएको छ।

रास्वपाले प्रदर्शन शान्तिपूर्ण हुने बताउँदै, जनतालाई आफ्ना विचार राख्न दिने माग गरेको छ। तर प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले कडाइ गर्न थालेको छ।

रविलाई कारवाहीको माग गर्दै सहकारी पीडितहरूले पनि आज प्रदर्शनको तयारी गरेका छन्। सहकारी र रास्वपा पक्षको प्रदर्शनले सुरक्षा चुनौती बढ्नसक्ने भएकाले प्रशासनले विशेष सतर्कता अपनाएको छ।

प्रमुख निषेधित क्षेत्रहरू
जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक वरपरका संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञा क्षेत्रहरू यस्ता छन्:

पूर्व: वाई चोक र उत्तरपूर्वतर्फ मिलनचोक
पश्चिम: फिस्टेल गेट (वैदाम)
उत्तर: मालपोत कार्यालय, कास्की
दक्षिण: मुस्ताङ चोक र पर्यटन बोर्डको कार्यालय (ड्यामसाइड)

प्रशासनले थप हिंसा र क्षति रोक्न कडा निगरानी गरिरहेको छ। प्रदर्शन शान्तिपूर्ण बनाउन दुवै पक्षलाई संयमित रहन सुरक्षा अधिकारीहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी