2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत भदौ २५ र २६ मा सञ्चालन गरिएको परीक्षामा सहभागी विद्यार्थीमध्ये ७०.६० प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्।

बोर्डका अनुसार, एक लाख २२ हजार १७१ विद्यार्थीले परीक्षा दिएका थिए, जसमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा सफलतापूर्वक ग्रेड हासिल गरेका छन्। दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको र दुई जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।

ग्रेडवृद्धि परीक्षामा सफल परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिबाट ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, र पूरक प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्। बोर्डले यसका लागि रसिद काट्नुपर्ने जानकारीसमेत दिएको छ।

परीक्षामा सहभागी विद्यार्थीहरूले सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेमा मात्र सफल ठहरिने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई