नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कवि साहित्यकार विरही साइँलाद्धारा लिखित दोस्रो खण्डकाव्यको विमोचन

२ मंसिर २०७३, बिहीबार १२:२२

नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज एक औपचारीक कार्यक्रमका बिच विमोचन गरिएको छ । पुर्व राज्य मन्त्री तथा सांसद बल बहादुर महतको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित विभिन्न राजनैतिक दल, साहित्यकार, कवि तथा सरोकारवालाहरुको सहभागितामा खण्डकाव्यको विमोचन गरीएको हो ।    

पुस्तक विमोचन कार्यक्रमको अबसरमा पुस्तकको समिक्षा गर्दै निमित्त क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्ला लगायत कर्णालीको साहित्य जगतलाई फराकिलो बनाउनको लागि लेखक बुढाले दिएको योगदान सराहनिय भएको बताउनु भयो । गन्तव्यहीन बसाइँ खण्डकाव्यका लेखक विरही साइँला कर्णालीकै उद्यमान तथा औलामा गन्न सकिने साहित्यकार भएको उहाको तर्क छ । खण्डकाव्य विधामा हुनु पर्ने अभयबहरुको राम्रो पालना भएको उहाको भनाइ छ ।    

 विमोचन कार्यक्रममा सहभागिले पुस्तकमा भएका राम्रा, नराम्रा कुराको सकारात्मक सुझाब दिदै साहित्यकारको उज्वल भविष्यको कामना गरेका छन् । खण्डकाव्यमा जुम्ला, कर्णाली तथा समग्र देशको देखाई, भोगाई, तथा अनुभुतिको यर्थात चित्रण गरिएको छ । खण्डकाव्यमा पात्रहरुको मिलान प्रक्रिया सुआउदो रहेको छ भने साउ महाजनले गरिबी तथा निम्न वर्गकालाइ गर्ने शोषण, दमन तथा द्धन्द्धकालमा नेपाली जनताले पाएको पिडाहरुलाई समेत झल्काइएको छ । 

 २०५८ सालमा पुस्तकको पाण्डुलिपि तयार भएको भएपनि त्यतिबेलाको परिबेशले प्रकाशनमा समस्या भएको लेखक जंग बहादुर बुढा विरही साइँलाले बताउनु भयो । श्रृजना जति पनि गर्न सकिने जिकिर गर्दै त्यसलाई सबै सामु उजागर गर्न आर्थिक अबस्थाले खुम्चाउने गरेको धारणा लेखकले राख्नु भयो । 

विभिन्न संघर्ष पछि दोस्रो कृति प्रकाशनमा ल्याउन सफल भएको भन्दै सबै पाठकहरुले पढेर आफुलाई सहयोग गरीदिन लेखककोे आग्रह छ ।  लेखक बुढाका अनुसार भर्खरै बजारमा आएको गन्तव्यहीन बसाई नामक खण्डकाव्य कालिका स्टेश्नरीमा व्यक्तिगत रु २ सय र संस्थागत रु ५ सयमा उपलब्ध गर्न सकिने छ । लेखक बुढाको २०५२ सालमा रुपा खण्डकाव्य लगायतका ५ वटा कृतिहरु प्रकाशित भैसकेका छन । भने अझै बाकी ७ वटा कृति प्रकाशोन्मुख रहेको बताइएको छ ।           

 पुर्व राज्य मन्त्री बल बहादुर महतले कुनै पनि क्षेत्रमा लागेदेखि निरन्तरता दिएमा अवश्य सफलता पाउन सकिने तर्क गर्नुभयो । लेखकको कलम कर्णालीको साहित्य क्षेत्रमा उदाहरण बन्ने उहाको आशा छ । पुस्तक विमोचन कार्यक्रमको समापनमा बोल्दै पुर्व चन्दननाथ उच्च मावि प्रधानाध्यापक तथा समाजसेवि राजुशरण न्यौपानेले प्रतिभा उजागर गर्न शहर र गाउँले जिवनमा फरक पर्ने बताउनुभयो । लेखक जंग बहादुर बुढा जुम्ली साहित्यका ह्रदयविधारक श्रष्ठा भएकोमा उहाले खुशि ब्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ