नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज "/>
2026-08-29 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कवि साहित्यकार विरही साइँलाद्धारा लिखित दोस्रो खण्डकाव्यको विमोचन

नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज एक औपचारीक कार्यक्रमका बिच विमोचन गरिएको छ । पुर्व राज्य मन्त्री तथा सांसद बल बहादुर महतको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित विभिन्न राजनैतिक दल, साहित्यकार, कवि तथा सरोकारवालाहरुको सहभागितामा खण्डकाव्यको विमोचन गरीएको हो ।    

पुस्तक विमोचन कार्यक्रमको अबसरमा पुस्तकको समिक्षा गर्दै निमित्त क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्ला लगायत कर्णालीको साहित्य जगतलाई फराकिलो बनाउनको लागि लेखक बुढाले दिएको योगदान सराहनिय भएको बताउनु भयो । गन्तव्यहीन बसाइँ खण्डकाव्यका लेखक विरही साइँला कर्णालीकै उद्यमान तथा औलामा गन्न सकिने साहित्यकार भएको उहाको तर्क छ । खण्डकाव्य विधामा हुनु पर्ने अभयबहरुको राम्रो पालना भएको उहाको भनाइ छ ।    

 विमोचन कार्यक्रममा सहभागिले पुस्तकमा भएका राम्रा, नराम्रा कुराको सकारात्मक सुझाब दिदै साहित्यकारको उज्वल भविष्यको कामना गरेका छन् । खण्डकाव्यमा जुम्ला, कर्णाली तथा समग्र देशको देखाई, भोगाई, तथा अनुभुतिको यर्थात चित्रण गरिएको छ । खण्डकाव्यमा पात्रहरुको मिलान प्रक्रिया सुआउदो रहेको छ भने साउ महाजनले गरिबी तथा निम्न वर्गकालाइ गर्ने शोषण, दमन तथा द्धन्द्धकालमा नेपाली जनताले पाएको पिडाहरुलाई समेत झल्काइएको छ । 

 २०५८ सालमा पुस्तकको पाण्डुलिपि तयार भएको भएपनि त्यतिबेलाको परिबेशले प्रकाशनमा समस्या भएको लेखक जंग बहादुर बुढा विरही साइँलाले बताउनु भयो । श्रृजना जति पनि गर्न सकिने जिकिर गर्दै त्यसलाई सबै सामु उजागर गर्न आर्थिक अबस्थाले खुम्चाउने गरेको धारणा लेखकले राख्नु भयो । 

विभिन्न संघर्ष पछि दोस्रो कृति प्रकाशनमा ल्याउन सफल भएको भन्दै सबै पाठकहरुले पढेर आफुलाई सहयोग गरीदिन लेखककोे आग्रह छ ।  लेखक बुढाका अनुसार भर्खरै बजारमा आएको गन्तव्यहीन बसाई नामक खण्डकाव्य कालिका स्टेश्नरीमा व्यक्तिगत रु २ सय र संस्थागत रु ५ सयमा उपलब्ध गर्न सकिने छ । लेखक बुढाको २०५२ सालमा रुपा खण्डकाव्य लगायतका ५ वटा कृतिहरु प्रकाशित भैसकेका छन । भने अझै बाकी ७ वटा कृति प्रकाशोन्मुख रहेको बताइएको छ ।           

 पुर्व राज्य मन्त्री बल बहादुर महतले कुनै पनि क्षेत्रमा लागेदेखि निरन्तरता दिएमा अवश्य सफलता पाउन सकिने तर्क गर्नुभयो । लेखकको कलम कर्णालीको साहित्य क्षेत्रमा उदाहरण बन्ने उहाको आशा छ । पुस्तक विमोचन कार्यक्रमको समापनमा बोल्दै पुर्व चन्दननाथ उच्च मावि प्रधानाध्यापक तथा समाजसेवि राजुशरण न्यौपानेले प्रतिभा उजागर गर्न शहर र गाउँले जिवनमा फरक पर्ने बताउनुभयो । लेखक जंग बहादुर बुढा जुम्ली साहित्यका ह्रदयविधारक श्रष्ठा भएकोमा उहाले खुशि ब्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो