नन्दराम जैशी | मंसिर १२ जुम्ला | जुम्ला सदरमुकाममा अवस्थीत गुरु चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती चोरी भएका छन् । हिन्दु धर्मावलम्बी र कर्णाली क्षेत्रकै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | मंसिर १२ जुम्ला | जुम्ला सदरमुकाममा अवस्थीत गुरु चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती चोरी भएका छन् । हिन्दु धर्मावलम्बी र कर्णाली क्षेत्रकै"/>
२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्दननाथ मन्दीरबाट करोडौ मुल्यका मुर्ति चोरिए, पुजारी नियन्त्रणमा

२०७३, १२ मंसिर आईतवार ०४:४२

नन्दराम जैशी | मंसिर १२ जुम्ला | जुम्ला सदरमुकाममा अवस्थीत गुरु चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती चोरी भएका छन् । हिन्दु धर्मावलम्बी र कर्णाली क्षेत्रकै सवैभन्दा ठूलो चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती करीब १ बजेतिर चोरी भएका हुन् । मन्दिर भित्र रहेको भगवान दत्रात्तयको सबैभन्दा ठूलो मुर्ति सहित अन्य स–साना २८ वटा मूर्ति चोरी भएका छन् । चोरी भएका करोडौ मुल्यका मुर्तिमध्य अहिलेसम्म कृष्ण, बौद्ध र महाकाल लगाएत अन्य मुर्तिको नाम सार्बजानिक भएको छ ।   

त्यस्तै रुद्धाक्ष सहितको चाँदिको माला चोरी भएको चन्दननाथ भैरबनाथ गुठि ब्यवस्थापन समितिका अध्यक्ष गौरीनन्द आचार्यले बताउनुभयो । अन्य के कति सामाग्रि चोरी भएको हो भन्ने बिषयमा अहिले मुचुल्का भैरहेको समितिले जनाएको छ । मन्दिरको पूर्ननिर्माण कार्य चलिरहेका बेला मुर्ति चोरी भएपछि स्थानीय वासिन्दा आक्रोशित भएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि २० मिटरको दुरीमा रहेको मन्दिरमा चोरी भएपछि प्रशासन र पुजारीको मिलेमतोमा चोरी भएको भन्दै स्थानीयहरुले प्रहरी र प्रशासन विरुद्ध नाराबाजी समेत गरिरहेका छन् । मन्दीरका पुजारी त्यहि रहेको समयमा अन्य कुनै सामाग्रि नहल्लीने गरी छानि छानि बहुमुल्य मुर्ति चोरी भएको भन्दै स्थानिय आक्रोसमा आएर नाराबाजि गरीरहेका छन् ।    


प्रशासनको छेउमा रहेर पनि सुरक्षा दिन नसकेको भन्दै सर्वसाधारणहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । मन्दिर परिसरमा जम्मा भएका स्थानीयहरुले प्रहरी प्रमुख विष्णुहरी काफ्ले र प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितको राजीनामा माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानीयलाई मन्दिर परिसरबाट बाहीर जान आग्रह गरिरहेको छ । सर्वसाधारणले अपराधी पत्ता लगाउन नसके प्रहरी र प्रशासनका विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

स्थानीय आक्रोशित भएपछि प्रहरीले भने मन्दिरका पुजारी चन्द्र शैलेश्वर गिरीलाई नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले कसैप्रति चोरीको शंका भएमा तुरुन्त खबर गर्न आग्रह गर्दै अनुसन्धान कार्य जारी रहेको बताउनुभयो । अनुसन्धान कार्यलाई प्रतिकुल पार्ने कुनै कार्य नगर्न स्थानीयलाई समेत उहाले आग्रह गर्नुभएको छ । अहिले प्रहरी र स्थानीयबीच बादविवाद उत्पन्न भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो