नन्दराम जैशी | मंसिर १३, जुम्ला | कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीको बिषयलाइ छानबिन गर्न जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | मंसिर १३, जुम्ला | कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीको बिषयलाइ छानबिन गर्न जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपान"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूर्ति चोरीको बिषयमा ९ सदस्यीय छानबिन समिति गठन, सिआइबि परिचालन

१३ मंसिर २०७३, सोमबार ०५:०८

नन्दराम जैशी | मंसिर १३, जुम्ला | कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीको बिषयलाइ छानबिन गर्न जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरीएको छ ।

आइतबार साँझ बसेको सर्बपक्षिय बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न न्यौपानेको सयोजकत्वमा ९ सदस्यीय समिति गठन गरीएको हो । समितिमा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, नागरीक समाज, गुठि ब्यवस्थापन समितिका सदस्य र पत्रकारको पनि सहभागिता रहेको छ ।    

केन्द्रीय अनुसन्धान ब्युरो परिचालन 

घटनाको बास्तविक बिवरण पहिचानका लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरो परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आजबाट घटनाको छानबिन कार्य शुरु भएको छ ।

शनिबार राति साढे १ बजेतिर मन्दिरमा रहेका २८ वटा मूर्ति चोरी भएका थिए । चोरीका क्रममा  चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्तात्रयको त्रिमूर्ति सहित मन्दिरमा रहेका गौतम बुद्ध, कृष्ण, महाकाल लगायतका देवताहरुको मूर्ति चोरी भएको छ । सुनको गजुर, देवताकोपाइला, बहुमूल्य दायाँ र बायाँशंख, सिंहासन पनि चोरी भएका छन् । कर्णाली अञ्चलकै पर्यटकीय एवं धार्मिकस्थल चन्दननाथ मन्दिरमा चोरी हुँदा जुम्ला पुरै आक्रोशित बनेको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु