२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिआइबीको टोलिद्धारा अनुसन्धान शुरु, जुम्लाबासी आक्रोशित, शान्तिपुर्ण धर्ना जारी

१५ मंसिर २०७३, बुधबार ०६:४२


नन्दराम जैशी/मंसिर १५, जुम्ला । चन्दननाथ मन्दिरका २८ वटा मूर्ति चोरि भएको विषयमा राष्ट्रिय अनुसन्धान ब्युरो सिआइबीको टोलिले मंगलबारबाट अनुसन्धान थालेको छ । 

शनिबार राति साढे १ बजे कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट २८ वटा मूर्ति चोरि भएका छन् । मन्दिरबाट चोरि भएका मूर्ति पत्ता लगाउनको लागी राष्ट्रिय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । मन्दिरको मूर्ति चोरिमा शंका लागेका व्यक्तिहरुलाई सोधपुछ गर्ने काम भएको उनले बताए । घटना अनुसन्धानका लागि सिआइबीको टोली आज जुम्ला आइपुगेको हो ।             

प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेलेका अनुसार नेपाल प्रहरीको विशिष्ट अनुसन्धानको टोली जुम्ला आइपुगेको छ । उनका अनुसार सिआइडीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा र सिआइबीका प्रहरी नायव उपरीक्षक अरुण पौडेले नेतृत्वमा टोली जुम्ला आइपुगेको हो । 

टोलीले जुम्ला आइपुग्ने वित्तिकै जिल्ला प्रहरी कार्यालयमा घटनाको विषयमा छलफल गरेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्ने तथा त्यसपछि नागरिक समाज, पत्रकार र स्थानीय बासिन्दासँग छलफल हुने प्रमुख जिल्ला अधिकारी रुद्ध्रप्रसाद पण्डितले जानकारी दिए । 

अनुसन्धानका लागि जिल्लाका राजनीतिक दल र सुरक्षा समितिको बैठकले समेत सिआइबीको माग गरेको थियो । यसैगरी आइतबारदेखि नेपाल प्रहरीको कुकुर सहितको अनुसन्धान टोलीले पनि अनुसन्धान गरिरहेको छ ।  

जुम्लाबासी आक्रोशित         

यता मन्दिरमा मुर्तिहरु चोरी भएको ३ दिन वितिसक्दा पनि स्थानिय प्रशासनले कुनै पनि आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै जुम्लाबासी आक्रोशित भएका छन् । आजसम्म कुनै नतिजा नआएको भन्दै जुम्लाबासी आक्रोशित हुदै गएका हुन् । घटना घटेको ४ दिन विति सक्दा समेत दोषी पहिचान हुन नसकेको प्रति स्थानिय प्रहरी प्रशासनको मिलेमतो हुन सक्ने आशंका जुम्लाबासीले गरेका छन् ।   


 घटनाको सत्य तथ्य पत्ता लगाउनको लागि उच्च स्तरिय छानविन समिति यथाशिघ्र गठन गरी अनुसान्धान कार्यलाई गम्भिरताका साथ अगाडी बढाईनु पर्ने जुम्लाबासीको माग छ । जिल्ला प्रशासन कार्यालय अगाडी रहेको मन्दिरका मुर्ति चोरी हुनु निन्दनिय भएको भन्दै स्थानिय थप आन्दोलित भएका छन् । 

प्रशासनको गम्भिर लापरबाहीका कारण मन्दिरको सुरक्षा दिन नसकेको नागरिकहरुको बुझाई रहेको छ । साथै यस अघिको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आगलागीका दोषीलाई पहिचान गर्न नसक्नुले प्रशासन प्रतिको विश्वास घट्दै गएको छ । 

 शान्तिपुर्ण धर्ना कार्यक्रम शुरु

नागरिक समाज जुम्लाले मंगलबारबाट शान्तिपुर्ण धर्ना जारी राखेका छन् । चन्दननाथ मन्दिरमा रहेका मूर्ति चोरीका विषयमा तत्काल छानविन नगरुन्जेल सम्म दबाव दिनेको लागि शान्तिपुर्ण धर्ना कार्यक्रमको शुरु गरिएको हो । मूर्ति चोरीको विषयमा छानविन नहुन्जेल सम्म शान्तिपुर्ण धर्ना कार्यक्रममा जुम्लाबासीलाई  मर्यादित ढंगले सहभागि हुन आग्रह गरिएको छ । 

“जुम्लाबासीको मन दुखेको छ, प्रशासन कहाँ लुकेको छ, चन्दननाथ बाबाको कसम तोड्दैनौ, अपराधीलाई मरेपनि छोड्दैनौ, उच्च स्तरिय छानविन समिति गठन गर” लगायातका नारा लगाउदै आज शान्तिपुर्ण रुपमा सयौँको संख्यामा स्थानियहरुको सहभागितामा जुम्लाबजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यलय अगाडी धर्ना बसेका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गदै जुम्लाका पुर्वसभाषद देवीलाल थापाले यस्तो समयमा जुम्लाबासीको एकताको खाँचो रहेको  बताए । 


उनले मूर्ति चोरी हुनु चानचुने कुरा नभएकोले सत्य तथ्य छिट्टै पत्ता लगाउनु पर्नेमा जोड दिनु भएको  छ । नेपाली कांग्रेस जुम्लाका देवेन्द्र शाहीले जुम्लाबासीको आस्था र विश्वासको धरोहरमा चोरी हुनु ध्यानाकर्षणको विषय रहेको बताए । अर्का स्थानिय गंगा महतले मन्दिरको पुजारीलाई प्रहरीले नियन्त्रणमा लिएर दानविन गर्नु पर्ने माग गरे । 

यस्तै शिक्षक पुर्ण प्रसाद धितालले चन्दननाथ मन्दिरमा रहेका मुर्ति चोरी गरिनु जुम्लाबासीका ईतिहास मेटाउन खोजीएको बतए । जनताका रक्षकबाटै भक्षक कार्य हुनु राम्रो नभएको धारणा राखेका छन । उक्त धर्ना कार्यक्रममा विभिन्न व्यंग्यात्मक रचना तथा लोकतान्त्रिक धामी तिल प्रसाद चौलागाईले प्रस्तुति देखाएका थिए ।

मूर्ति चोरिमा राप्रपा जुम्लाको धारणा सार्वजनिक 

 राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति जुम्लाले मंगलबार पत्रकार सम्मेलन गरि चन्दननाथ मन्दिरमा भएका मूर्ति चोरिका विषयमा धारणा सार्वजनिक गरेको छ । शनिवार राति ऐतिहासिक महत्व बोकेको चन्दननाथ भैरवनाथ मन्दिरका मूर्ति चोरी विषयमा आफ्नो धारणा जनताको माझमा ल्याउन पत्रकार सम्मेलन गरिएको हो । 

जुम्ला सदरमुकामको विचमा रहेको मन्दिरबाट दत्तात्रय लगायतका २८ वटा हजारौँ वर्ष पुराना मूर्ति चोरीले जुम्लाबासी लगायत सम्पुर्ण हिन्दु धर्मालम्वीहरु मर्माहित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिले जुम्लाले जनाएको छ । यस घटनाका विषयमा राप्रपा जिल्ला कार्यसमितिले जुम्लाले अनुसन्धानका लागी कडा कदम चाल्न केन्द्रिय कार्यालय मार्फत सरकारको ध्यानआकर्षण गराउने पार्टीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

     

जुम्लालाई सबै सामु चिनाउने चन्दननाथ भैरवनाथ मन्दिरका मुर्ति चोरिनु भनेको जिल्लाको धार्मिक अस्तित्व समाप्त गर्न खोजिएको, प्रशासन, प्रहरी र गुठी व्यवस्थापन समितिको चरम लापरवाहीका कारण मूर्ति चोरी भएको राप्रपा जुम्लाले जनाइएको छ । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य धनबहादुर थापाले वर्तमान सरकारबाट अनुसन्धानका लागी ठोस कदम नचालिएमा उच्च स्तरिय छानविन समिति राप्रपाका केन्द्रिय अध्यक्ष तथा हिन्दु धर्मका संरक्षक कमल थापासँग माग गर्ने बताए ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य