Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘गुल्मीको एउटा यस्तो ठाउँ जहाँका युवाहरुले आँटे पुरै गाउँलाई युरोप बनाउन सक्छन’

By साझासवाल 19 मिनेट पढाइ

पढ्न करिब 8 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | मंसिर–१६, गुल्मी । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सवै भन्दा बढि रेमिट्यान्स भित्राउने गाविस हो ।  त्यस गाविसको एउटै वडामा  स्थलगत अध्यान गर्दा विभिन्न मुलकको वैदेशिक रोजगारमा पुगेका  ४ सय जना भन्दा बढि युवाहरु पुगेको पुष्टी भएको छ ।

उनिहरुबाट ति मुलुकमा हुने गरेको न्युनतम आम्दानी तलव जोड्दा पनि झण्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ । वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलकमा रहेका वामी ९ का युवाहरुको संख्या  ५ सय ४५ जना निकालेको छ ।

आजभन्दा  झण्डै २० वर्ष अघि जापानबाट सुरु हुन्छ वामी ९ का युवाहरुको वैदेशिक रोगारको यात्रा । सो वडा  नम्वर ९ , टोड्केका वोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र वामीकै भेडुवाबाट  काठमाण्डौं बसाई सराई गरेका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल आज भन्दा १८ वर्ष अघि जापान एकै साथ पुगेका थिए ।  उनिहरु पुगे पछि त्यहाँका युवाहरुको लर्को त्यस तर्फ लाग्न थाल्यो । अहिले  वडा नम्वर ९ बाट २ सय जना महिला पुरुष जापानमा पुगेको बताउँ छन् वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिका केन्द्रिय अध्यक्ष दिलिप थापा ।

ति दुई सय जनाबाट न्युनतम मासिक एकलाखका दरले हिसाव गर्दा पनि एकै महिनामा दुई करोड त्यहाँ पुगेका युवाहरुले कमाउने गरेका छन् । अष्ट्रेलियामा १० जना पुगेका छन् । उनिहरुबाट न्युतम १ लाखका दरले पनि महिनमा ५० लाख कमाई हुने गरेको छ । युकेमा ५० जना रहेका छन् । उनिहरुबाट न्युनत डेढ लाखका दरले ७५ लाख एकै महिनामा कमाई हुने गरेको स्पष्ट हुन्छ । अमेरिकामा १० जना रहेका छन् । उनिहरुबाट न्युनतम  १ लाखका दरले मासिक १० लाख कमाई अनुमान गरिएको छ । न्युजरल्याण्डमा ३५ जना छन् । उनिहरुबाट पनि मासिक १ लाखका दरले न्युनतम मासिक ३५ लाख आम्दानी हुने गरेको छ ।

मलेशिया सहित खाडी मुलुकमा सय जना रहेको र उनिहरुबाट न्युनतम मासिक २५ हजारका दरले २५ लाख कमाईको अनुमान गरिएको छ । भारतमा २ सय जनाबाट न्युनतम मासिक १० हजारका दरले २० लाख कमाई हुने अनुमान गरिएको छ । यो तथ्याङकवाट अन्य शहरमा घर–घटेरी खरिद नगर्ने हो भने त्यस एउटै वडा नम्वर ९ मा मात्रै मासिक ४ करोड  १५ लाख रुपयाँ रेमिट्यान्स भित्रिन सक्छ ।

स्वदेशमा शिक्षक, अन्य सरकारी र संघ संस्थामा भएका जागिरे समेतको हिसाव गर्दा न्युनतम मासिक ५ करोड नगद कमाई हुने स्थलगत अध्यानको तथ्याङकले देखाएको छ ।

बैदेशिक रोजगारको खुशी संगै चिन्ता पनि

बढ्दो बैदेशिक रोजगारको खुशी संगै वामीवासीहरुलाई बसाई सराई बढ्दै जाँदा  गाउँ रित्तिने हो कि भन्ने चिन्ता पनि पर्न थालेको छ । उनिहरुले  गरेको कुल आम्दानीको २५ प्रतिशत पनि गाउँमा  पठाउने गरेका छैनन् । विदेश पुगेर कमाई गर्न साथ विभिन्न शहरमा घर–घडेरी खरिद गर्न सुरु गरेका छन्  र गाउँलाई विर्सदै गरेका छन् ।

बढ्दो बैदेशिक रोजगारको यात्रा संगै गाउँका घरहरुमा ताला लाग्ने र लेउलाग्ने  क्रम जारी छ । यस प्रति उनिहरुका अभिभावक निकै चिन्तीत रहेका छन् ।  न्युजरल्याण्डमा  १० वर्ष देखि कार्यरत घनाश्यम खरालको वाडा नम्वर ९ भेडुवा फाँटमा  परिवारलाई  वर्षभरी खान पुग्ने  खेत थियो । टिनले छाएको चिटिक्कको मोटरवाटाकै छोवैमा घर थियो ।

अहिले त्यो घर एका देशको कथा जस्तै बनेको छ । अर्काको जिम्मा  दिएर छाडिएको उनिहरुको  त्यो निर्जिव वस्तुले बनेको घर जिवित प्राणी जस्तै  परिवारजनको विछोडको पिडाले मलिन छ ।  उनिहरु छँदा आँगनमा सुन्दर मैरो जिर्र्ण छ ।  त्यसमा तुल्सीको वोट मरेर सुकेको छ ।  , घरवरी परी  सुन्दर फुलहरु ओईलिएका छन् ।  ,अनेक झालपातले सजिएको  करेसोवारीमा अहिले झार पलाएको छ । अव त्यो सुन्दर करेसोवारी सिस्नोघारीमा परिणत हुँदै गएको छ  ।

उता वुटवलको शंकरनगरलाई भने उनको बैदेशिक रोजगारको कमाईले सुनमा सुघन्ध थपिए  झैं गरी सजाएको छ ।   न्युजरल्याण्ड पुगेको केहि वर्ष पछि सपरिवार शंकरनगरमा सरे पछि उनिहरुको पुरानो घरमा ताला लागेको हो । उनका छिमेकीले उनिहरुको अस्याट् मान्दै उनिहरुलाई देख्न पाए पनि कस्तो होला भनेर प्रतिक्षा गरेका हुन्छन् । तर उनिहरु वर्षको एक चोटी आउने चाड पर्वमा पनि  पुर्खेयौली घर नआई वुटवलबाटै फर्केर  जाँदा धिक्कार्न विवस छन उनका दर–दाजु भाई र आफन्तहरु ।

यसपालीको दशैमा धेरै वर्ष पछि आ, घनश्याम देख्न पाईने भयो भन्दै बसेका उनका दाजु वेदप्रसाद खरालका परिवार भाई आउने बाटो हेर्न मात्रै भयो । उनि घर त आए तर यता गाउँको घर होईन वुटवलकै घरमा आएर फर्किए । त्यस्तै उनका अर्का भाई महाशर्मा खरालका परिवार युकेमा छन् ।

उनलाई पनि युकेको कमाईले भेडुवा फाँटको सुन्दर घर छाडेर शहर छिर्ने बनाएको छ । उनले स–परिवार लिएर युकेकै वासीन्दा हुने तयारी गरेका छन् । १२ वर्ष भयो उनि युके पुगेको तर  घर आउने , पुरानो घर सजाउने र अरु खेतवारी थप्ने अत्तोपत्तो छैन् ।

‘आउन त भाईहरु  आमा वितेको वेला सहित त्यस्तै दुई तिन पटक आए होलान तर यहाँ धेरै बस्ने र घर जग्गा किन्ने तिर लागेनन्,–दाजु वेदप्रसादले भन–‘ अव मेरो छोरा पुर्णप्रसाद जापान र अर्का छोरा नविन प्रसाद भारतमा पुगेका छन् कतै मलाई पनि यो गाउँ छाडेर हिड्ने बनाउने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ । ’

उनिहरु सहित वडा नम्वर ९ मा  बसाई ससाई गरेर जाने १० घरधुरी  परिवारका दर दाजु भाईको कथा व्याथा एउटै छ । विदेशमा जाने त्यस गाउँका ४ सय भन्दा बढि युवाहरु मध्ये विभिन्न ठाउँमा घडेरी किने’रे भन्ने खवरले गाउँ रित्तेने क्रमले तिव्रता पाउने निश्चित छ ।

तर…. वसाईसराईका कारण गाउँमा विकास पनि सुन्य

२०६९  सालको जनगणना अनुसार २ सय २० घरधुरी जनसंख्या  रहेको त्यस वडामा  अहिले करिव ३ सय घरधुरी भई सकेका छन् । त्यति बाक्लो वस्ती हुँदा पनि जम्मा दुई वटा प्रा.वि. मात्रै छन् । स्वाथ्यचौकी पनि छैन् , भित्रि मोटरबाटाहरु पनि पुरै स्थानमा  पुगेको छैन् ।

त्यति धेरै वैदेशिक रोजगारबाट रेमिट्यान्स भित्रिने अवथा हुदा पनि त्यो तितर वितर भएर गाउँको विकास हुन नसके पछि  वामी ९ का युवाहरुले अन्तराष्ट्रिय सम्पर्क समिति गठन गरी गाउँको विकास  गर्ने उद्घोष गरेका छन् ।

उनिहरुले त्यसको उद्घोष यहि मंसिर १३ देखि १६ गते सम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी त्यसको मञ्चबाट अव शहरको होईन गाउँको विकास गर्दछौं भन्ने उद्घोष गरेका हुन् ।

वामी ९ मा मासिक साढे चार करोडका दरले वार्षिक ५० करोड भन्दा बढि  रेमिट्यान्स भित्राउन सके त्यहाँका युवाहरुले भोलीको दिनमा युरोप अमेरिकामा पाउने सुख सुविधा यहि प्राप्त गर्न सक्ने निश्चित छ ।

सिंङ्गो वामी गाविसमा जापनमा मात्रै  प्रत्यक्ष रोजगारीमा  करिव ७ सय जना र उनिहरुका परिवार सहित एक हजार जना रहेको  वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिका अध्यक्ष दिलिप थापाले जानकारी दिए ।

छोराहरुको योजना शहर सजाउने बुढाहरुको गाउँ बनाउने

बैदेशिक रोजगारमा जाने वामी वासी युवाहरुको शहरिया सुख –सुविधा रहने क्रम बढ्दै गए पछि उनका बृद्ध अभिभाकहरु किनै चिन्तीत रहेका छन् ।

उनिहरुले छोराहरुलाई कसरी गाउँमा आकर्षित गर्ने भन्ने विषयमा केन्द्रित भएका छन् ।  वामी ९ शेराका डिलाराम खरेललाई छोराहरुले  आफ्ना पिता देउपति खरालको प्रतिष्ठा धान्नका लागि गाउँमै बसे हुन्थ्यो भन्ने लागेको छ ।

स्वर्गिय पिता देउपति हिजो त्यस गाउँका प्रतिष्ठीत समाज सेवी थिए । उनको प्रतिष्ठा छोरा डिलारामले धाने पनि छोराहरुले वसाई सराई गरे पछि नधान्ने हुन कि भन्ने चिन्ता छ । उनका छोरा नारायण खराल अष्ट्रेलियामा छन् ।  गाउँकै घर सजाओस् शहरमा वसाई सराई नगरोस् भन्ने कामना उनका पिताको रहेको छ ।

शेराकै जिवलाल खरालका छोरा रामु खराल पनि का  जापान मै छन् ।  वामी ७ का ठुलाखर्कका वोमनाथ लामिछानेका छोरा टंक लामिछाने पनि जापनमा छन् । वामी ९ होटललाईनका कृष्ण प्रसाद काफ्लेका छोरा रामु काफ्लेका  जापान छन् । उनिहरु सवैको सपना पनि छोराहरुले गाउँ नै सजाई देउन र आफुहरुको शिर ठाडो पारी देउन् भन्ने छ ।

गुल्मीको स्थानिय निकाय निर्धारण प्राविधिक सहयोग समितिले वामीलाई मुसिकोट नगरपालिकाको केन्द्र प्रस्ताव गरे पछि भने बृद्धहरुलाई छोराहरुको मन गाउँ मै फर्किने आशा पलाएको छ ।

वामी ९ शेरा , छुर्किन र भेडुवा फाँटका अभिभावकहरुको ठुलो सपना यहि रहेको छ कि वामीटक्सार भन्दा अझ शहरिकण यसै स्थानमा गर्न सकियोस् ।  हामी वामी ९ , छिमेकी कुर्घा ९ र पारी बडागाउँ ९ का जनता २०४६ पछि जुन दलका नेताले जिते पनि सौतेलो व्यहवहारमा परेर पछाडी परेको त्यहाँका बुढापाकाहरुको गुनासो छ ।

यि तिन वटै वडाका बैदेशिक रोजगारमा रहेका युवाहरु मात्रै जुट्ने हो भने पाखीडाँडा, शेरा छुर्किन र भेडुवालाई एउटै वजारका रुपमा विकास गर्न सकिने अवधारणा यहाँका समाज सेवीहरुले अगाडी सारेका छन् ।  ति तिन वटा समथल फाँटहरुलाई जोडेर शहरिकरण गर्नका लागि बढिघाट खोलामा आकाशे पुल माग गरेको धेरै वर्ष भई सक्यो भन्छन् शेराका समाज सेवी वेदप्रसाद खराल ।

नेपाली कांग्रेस वामीका  पार्टी सचिव डिलाराम खराल कुनै टोललाई मात्र ईङ्गित नगरेर ति तिन वटै वडाहरु पहिल्लै देखि पछाडी परेकोले त्यहाँका सवै वासीन्दाहरुलाई समेटेर वजारिकण गर्नु पर्ने धारणा राख्छन् ।

वामी ९ भित्र माध्यामिक विद्यालयलाई आवश्यक पर्ने विद्यार्थी संख्या हुँदाहुँदै पनि यता भुवाचिदी वजार  र उता वामीटक्सार वजारका विद्यालयमा एकडेढ घण्टाको बाटो हिडेर पढ्न जान बाध्य छन् ।  दुई वटा प्रावि मात्रै रहेको र जनज्योति प्राविलाई निमावि बनाउने माग गर्दै आए पनि त्यहाँका समाज सेवी सफल हुन सकेका छैनन् ।

बढिघाट खोलामा आकाशे पुल बनाउन बित्तिकै त्यहाँ क्याम्पस समेत सञ्चालन हुने र वामी भन्दा ठुलो बजार बन्ने निश्चित देखिएको छ । आफ्ना अभिभावकहरुको सपना पुरा गराई दिन वैदेशिक रोजगारमा रहेका  छोरा छोरीकै हात बढि देखिन्छ ।