Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चन्दननाथ मन्दिरको मूर्ति चोरी: पुजारी सहित ३० जना नियन्त्रणमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/983aaad7e3fcbaf0b795d5638acc90f91480742126.jpg" style="width: 660px; float: left;"><b>नन्दराम जैशी | मंसिर १८, जुम्ला | </b>चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारी सहित ३० जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।&nbsp;<br></p><p>मंसिर ११ गते राति मन्दिरमा खटिएका प्रहरीले मूर्ति चोरिएको जानकारी गराएपछि प्रहरी नायब उपरीक्षक गुरु विष्णु काफ्ले सहितको टोली घटनास्थल पुगेको थियो । एआइजी विज्ञानराज शर्माको नेतृत्वमा सिआइबीको टोली जुम्ला पुगेर अनुसन्धान थालेको छ । &nbsp;</p><p>सिआइबीका डीएसपी अरुण पौडेल र मध्यपश्चिम क्षेत्रीय प्रहरीका अपराध अनुसन्धानमा सक्रिय इन्सपेक्टर वीरबहादुर थापासहितको टोली अनुसन्धानमा छ । &nbsp;क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानमा सहभागी रहेको डिआइजी नेपाल बताउँछन् । &nbsp;सिआइबीको टोलीलाई अनुसन्धानका लागि जुम्ला छाडेर एआइजी शर्मा र डिआइजी नेपाल फर्किसकेका छन् ।&nbsp;</p>