नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरीएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये शनिबार सातवटा मूर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरीएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये शनिबार सातवटा मूर्त"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूर्ति चोरी घटना रहस्यमय, मन्दिरभित्रै ७ मूर्ति भेटिए, सानो मूर्तिसहित एक जना पक्राउ

१९ मंसिर २०७३, आईतवार ०३:१२


नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरीएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये शनिबार सातवटा मूर्ति फेला परेपछि उक्त मूर्ति मन्दिरबाट चोरिएकै थिएनन् वा चोरले पछि ल्याएर राखिदिएको हो भन्ने बिषयमा स्थानीयले सत्य तथ्य बिवरण सार्वजानिक गर्न आग्रह गरेका छन् । 

मंसिर ११ गते राती हराएका भनिएको घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ । सो मुचुल्का मा ६ सय १ सालमा बनेको दत्तात्रय सहितका २८ मूर्ति हराएको देखाइएको छ ।   

तर, घटनाको ७ दिनपछि शनिबार सिआइबीले छानबिन गरी तयार पारेको मुचुल्कामा २१ वटा मूर्ति हराएको उल्लेख छ । 

यसै आधारमा पहिले हराएका भनिएका मध्ये सातवटा भेटिएका हुन् । मूर्ति चोरी घटना विषयमा प्रहरीका दुई निकायले तयार पारेको मुचुल्कामा फरक फरक विवरण उल्लेख भएपछि स्थानीय आश्चार्यमा परेका छन् । अनुसन्धान जारी रहेकोले घटनाको बिषयमा बिस्तारै जानकारी गराइने सिआइबीले जनाएको छ ।    

 चोरी भएको सानो मूर्ति सहित एक जना पक्राउ 

 जसमा चोरी भएको सानो मूर्ति सहित जुम्ला तातोपानी राँका गाउँका सतिबिरा कठायतलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

वर्ष ३५ का कठायतलाई चन्दननाथ नगरपालिकाको बुढथावाडा गाउँमा सानो मूर्ति सहित प्रहरीले पक्राउ हो । स्थानीयले भनेको हुलीया अनुसार मूर्ति खोज्दा फेला परेको प्रहरीले जनाएको छ । कठायतसँग भएको सानो मूर्ति पुजारीले मन्दिरकै रहेको दावि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु