मंसिर २५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ । शनिबार विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ । शनिबार विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रण"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले बानेश्वरको तरकारी बजारमा डोजर चलायो, लाखौँको तरकारी नष्ट

२५ मंसिर २०७३, शनिबार ०९:०३

मंसिर २५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ । शनिबार विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रणमा लिएर सरकारले डोजर लगाएर उक्त बजार हटाएको हो ।

सरकारले बजार खाली गर्न पटक-पटक ताकेता गर्दा पनि व्यवसायीहरुले अटेर गरेपछि डोजर लगाएर टहरा भत्काउनु परेको सरकारी अधिकारीहरुको भनाई छ ।

संसद भवनको पूर्वपट्टी रहेको तरकारी बजारमा डोजरले बजारका टहरा पसल भत्काएको छ । त्यसक्रममा बिक्रीका लागि राखिएको लाखौं रुपैयाँको तरकारी नष्ट भएको छ ।

नागरिक लगानीको कोषको स्वामित्वमा रहेको उक्त जग्गा लिजमा लिएर तरकारी बजार सञ्चालन गरेपनि सोको २०६८ सालमै म्याद सकिइसकेको थियो । तर, कोषले पटकपटक सार्वजनिक सूचना निकाली जग्गा खाली गर्न आग्रह गरेपनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता