नन्द बहादुर ऐडी । हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्नका लागि २०५४ सालमा निर्माण शुरु भएको ८८ किलो मिटर लम्बाईको हिल्सा सिमकोट मोटर बाटो जिल्ला विकास समिति हुम्लाको पहलमा सुरु गरिएको हो । यस अन्र्तगत हाल हिल्सा देखि ३८ किलो मिटरमा स्थानीय हल्का सवारी साधान अवैध रुपमा गुडीरहेका छन् भने ६८ किलो मिटरमा ट्रयाक खोलिएको सडक विभाग हिल्सा सिमकोट सडक निर्माण आयोजना हुम्लाले जनाएको छ ।
हुम्लाको हिल्सा एक अन्तराष्ट्रिय तिव्वतसाग जोड्ने मान्यता प्राप्त नाकाको रुपमा रहेको छ । हिल्सा नाका हुदैँ वर्षेनी हजारौ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय धार्मिक पर्यटकहरु कैलाश मानसरोवरमा जाने गर्दछन् ।अन्तराष्ट्रिय पर्यटकहरुमा सबैभनदा बढि भारतीय नागरिकहरु कैलाश मानसरोवरमा जान्छन् । भरपर्दो सडक यातायातको सुविधा नभएकाले गर्दा उनीहरु हेलिकप्टर चार्टर गरेर सो स्थानमा पगुगिरहेका छन् ।
हेलिकप्टर चार्टर गर्दा मानसरोवर जाने भारतीय पर्यटकहरुबाट स्थानीय हुम्ली जनताको जिविकोपार्जनमा कुनै पनि सहायता नहुने कुरा हुम्लीहरुको ठम्याई छ । हेलिकप्टर चार्टर गरेर मानसरोवर पुग्ने पर्यटकहरुबाट केहि निश्चित ठेकेदार र व्यापारीहरुलाई मात्र फाईदा हुने गरेको छ । पर्यटन व्यवसायबाट वास्तवमै हुम्लाका स्थानीयहरुको जिविकोपार्जनमा सहायता पुग्ने र जिल्लाको विकासमा टेवा पु¥याउँने हो भने सडक सुविधाको पहुँच विस्तार गर्न आवश्यक छ ।
नेपालको एक मात्र सडक यातायातको पहुँच नपुगेको जिल्लाका हो हुम्ला । हुम्लामा तीव्वतको हिल्सा नाका हुदैँ अवैधानिक रुपमा बिना नम्बर प्लेटका स्थानीय सवारी साधनहरु सञ्चालन हुदै आएका छन् । यसले गर्दा हुम्लामा सडक नै पुगेको छैन् भन्न मिल्ःदैन् । हुम्लामा त राष्ट्रिय सडक सञ्जाल साग जोडिने सडक मार्ग मात्र नपुगेको हो । वि.स. २०५४ सालमा जिल्ला विकास समितिको पहलमा सुरु गरिएको हिल्सा सिमकोट सडक खण्डको निर्माण अवधी १९ वर्ष भईसकेको छ भने राज्यको अवौको रकम लगानी समेत भएको छ ।
साढे एक दशकको समयमा अवौको बजेट लगानी भईसक्दा समेत निर्माण पूरा नहुने सडक खण्डको बारेमा हुमली जनताले आवाज उठाउँनै पर्ने देखिन्छ । सो सडक खण्ड हाल सम्म सम्पन्न नहुनुको पछाडी हुम्लाकै स्थानीय नेता जो हाल केन्द्रमा हालीमुहाली गरिरहेका छन् उनीहरुको ठुलो हात छ भन्ने आक्षेप समेत लाग्दै आएको छ । वर्षको जम्मा ५ महिना अस्थाई रुपले मुश्किलले सञ्चालनमा आउँने सो सडक खण्डमा अवौको बजेट लगानी गर्नुमा मोटो रकमको चलखेल छ भन्दा फरक नपर्ला । हुम्लाको सडक लगायत विकासका अन्य आयोजनामा चलखेल गरेरै त होला वर्तमान मन्त्री मण्डलमा रहेका हाम्रा हुम्ली नेताले अवौको सम्पति विवरण वुझाएका छन् । नत्र हिजोका दिनसम्म बेरोजगार सांसद ज्यूले कसरी कमाए त अवौको रकम ? यो खोजनीतिको विषय हो । कुनै न कुनै दिन यसको सत्यता र वास्तविकता आउँने नै छ ।
वास्तवमा कर्नाली राजमार्ग भारतको रुपडिया नाका देखि सुर्खेत दैलेख, कालिकोठको खुलालु हुदै बाजुरा, मुगु हुम्ला हुदै तीव्वतको हिल्सा नाका जोडने मार्ग हो । यो मार्गको रुट गलट तरीकाले प्रयोग गर्दै कालिकोट हुदै जुम्ला पु¥याउँने काम भयो र सो सडकलाई नै कर्नाली राजमार्गको नामाकरण गरियो । यसैले गर्दा वास्तवमै कर्नाली राजमार्गको रुट परिवर्तन भई भारत र चीन दुवै सँग जोड्ने महत्वपुर्ण सडकमार्गको निर्माण कार्य ढिला हुन पुगेको हो ।
सिमकोट—हिल्सा सडक खण्ड वि.स. २०५४ सालबाट जिल्ला विकास समिति हुम्लाको पहलमा सुरु भएको हो । सो समयदेखि नै कर्नाली राजमार्गको पहलको बारेका राज्यलाई आवश्यक दवाव दिने हो भने हाल सम्म हुमलामा राष्ट्रिय सडक सञ्चाल जोडिसकेको हुन्थ्यो । सिमकोट—हिल्सा सडक खण्डमा विश्व खाद्यको कार्यक्रम, ड्रिल्प परियोजना र जिल्ला विकास समिति हुम्ला, सडक विभाग लगायतका सरकारी तथा गैह्र सरकारी लगानी रहेको छ । तीनै संस्थाको अवौको लगानी भईसक्दा पनि निर्माण हुन सकेको छैन् । यसको मुख्य कारण हो निर्माण भएको सडक पहिरोले भत्किनु र पुन सो स्थान मर्मत गर्दै जानु । यसैले बजेटको दायरा र समय अवधी बढ्दै गएको हो ।
राष्ट्रिय सडक सञ्जाल सँग नजोडिएको अवस्थामा जिल्ला विकास समिति हुम्ला र विभिन्न दातृ निकायका परियोजनाहरुले जिल्लाका विभिन्न भागमा सडक निर्माण गरेका छन् । सो सडक निर्माण कार्यले एक तयस स्थानको जंगल विनाश लगायत भौगोलिक बनावट बिगारेको छ भने अर्को कुरा खण्ड÷खण्ड सडक निर्माण गरेर बजेट सकाउँने काम मात्र भएको छ । जिल्ला विकास समितिले सिमकोट देखि खापु हुदैँ लाली बगर सम्मको सडक निर्माणमा बजेट लगानी गरेको र ग्रामीण पहुँच कार्यक्रमले सल्लीसल्ला देखि दार्ममिमिको देउँली सम्मको सडक निर्माण कार्य यसको जलवन्त उदाहरण हुन् । यी दुवै निकायबाट निर्माण भएका खण्डित सडक मार्गले स्थानीय जनतालाई कुनै पनि राहत दिएको छैन् । छनतालाई भुलाउँने काम मात्र भएको छ । सो स्थानमा लगानी भएको करोडौको बजेट राष्ट्रिय सडकसञ्जाल सँग जोड्नको लागि बाजुराको सिमाना कवाडीमा लागनी गरेको भए केहि राहत हुने थियो कि ?
भौगोलिक रुपमा हुम्ला जिल्ला ३ वटा भागमा विभाजित छ । जसमा प्रशासनिक रुपले जिल्ला सदरमुकाम सिमकोट वरिपरिको भाग सबै भन्दा बलियो रहेको आकलन गर्न सकिन्छ । हुम्ला जिल्ला बाट हाल सम्म तीन जना व्यक्ति मन्त्री भएका छन् । जसमा स्वं सुरवीर शाही, छक्क बहादुर लामा र पहिलो क्याविनेट मन्त्री जीवन बहादुर शाही । यी तीन वटै मन्त्री माथिल्लो भेगका रुपमा गणना हुदैँ आएका छन् । हुम्लामा राष्ट्रिय सडक सञ्जाल नजोडिनु र अस्थाई रुपले सञ्चालन हुने अन्र्तराष्ट्रिय नाका सञ्चालन हुनुमा यीनै नेताको पनि हात छ भन्ने स्थानीयहरुको भनाई रहेको छ ।
हिल्सा—सिमकोट सडक खण्डमा ट्रयाक खोल्नुमा वर्तमान पर्यटन मन्त्री जीवन बहादुर शाहीको ठूलो हात छ । यो उनको सहारनीय काम हो । गाडी कस्तो हुन्छ भन्ने अुनभव नै नगरेका हुमलीहरुले गाडी देख्न पाएका छन् यसको श्रेय मन्त्री शाहीलाई नै जान्छ । यहाँनेर हुम्ली जनताहरुले भन्ने गरेका छन् “जीवन बहादुर शाहीले तीव्वतसाग जोड्ने सडक भन्दा पनि नेपालगञ्ज पुग्ने सडक निर्माणमा जो दिए हाम्रो लागि राम्रो हुने थियो । हाम्रा छोराछोरी उच्च शिक्षा अध्ययनको लागि सुर्खेत नेपालगञ्ज, बुटवल, पोखरा र काठमाडौं जस्ता देशका अन्य जिल्लामा जानुपर्छ । बैदेशिक रोजगारको लागि एक मात्र अन्र्तराष्ट्रिय विमान स्थल काठमाडौंमा नै छ । यसैले हामीलाई राष्ट्रिय सडक सञ्जाल अपरिहार्य छ ।”
हुम्ली जनतालाई हिल्सा सिमकोट सडक मार्गले केहि राहत त दिएको छ तर स्थायी भएन । तयो अन्र्तराष्ट्रिय मार्ग हो । हुम्लीहरुले तीव्वतमा प्रवेश गर्नको लागि स्थानीय राहदानी प्रयोग गर्नुपर्ने बाध्यता छ । अन्र्तराष्ट्रिय नाका र भागौलिक बनावटका कारण यो नाका स्थायी हुन सक्दैन् । हिल्सा—सिमकोट सडक खण्डको विरोध गरेको होईन । सो सडक भनदा पनि हुम्लीहश्रलाई राष्ट्रिय सडकसञ्जालसाग जोडिने मार्ग छिटो भन्दा छिटो निर्माण गर्न आवश्यक छ । सडक माग मात्र बन्ने हो भने हुम्लीहरु आफनै गाउँ ठाउँमा बसेर आत्मा निर्भर हुन सक्ने प्रचुर सम्भावना रहेको छ । यो कुरा सबैलाई चेतना भया ।