रमेश लम्साल/पुस १८, काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश लम्साल/पुस १८, काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने "/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतबाट आएको बिजुली हेटौंडा–मातातीर्थ प्रसारणलाइनमार्फत् सोझै काठमाडौंमा

१८ पुष २०७३, सोमबार १०:४७

रमेश लम्साल/पुस १८, काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने भएको छ ।

हेटौंडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारणलाइन मंगलबार चार्ज गरिने जानकारी दिए ।

वि.सं. २०६८ बाट सुरु भएको सो प्रसारणलाइनमुनि पर्ने जग्गाधनीले मुआब्जा एवं क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए ।

वि.सं. २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँ–बायाँ ९–९ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो । मकवानपुरको चौकीटोल, काठमाडौंको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दै आएको थियो ।

काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारणलाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो ।

‘मंगलबार हामी प्रसारणलाइन चार्ज गर्दैछौं, अब भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउन सहज हुने विश्वास लिएका छौं’–आयोजना प्रमुख सिलवालले भने । प्रसारणलाइन निर्माणका लागिमात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको आयोजना प्रमुख सिलवालको भनाइ छ ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन सो प्रसारणलाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । तर, मातातीर्थ–स्यूचाटार प्रसारणलाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ ।

प्रसारणलाइनको दायाँ–बायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौं उपत्यकामा जारी विद्युत्भार कटौतीमुक्त अभियानमा सो प्रसारणलाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे ।

उता, भारतबाट ल्याइएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारणलाइन खिम्ती–ढल्केबर प्रसारणलाइन पनि अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख श्याम यादवकाअनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ । ढल्केबर–खिम्ती–लामोसाँघु हुँदै काठमाडौंमा विद्युत् ल्याउने यो अर्को प्रसारणलाइन हो । विगत १३ वगर्षदेखि रोकिँदै आएको उक्त प्रसारणलाइन नयाँ सरकार गठन भएलगत्तै युद्धस्तरमा अगाडि बढेको थियो ।

भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउन समस्या भइरहेको समयमा दुई महत्वपूर्ण प्रसारणलाइनको निर्माण भएपछि सहज वातावरण बनेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।

यही पुस १७ गते मध्यरात भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएको सन्दर्भमा दुई महत्वपूर्ण प्रसारणलाइनको काम सम्पन्न हुनुले थप सहजता थपेको छ । यस्तै, ढल्केबरमा निर्माणकोक्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । हिउँदलाई मध्यनजर गरेर काठमाडौंमा सहजरुपमा विद्युत् भित्र्याउने र विद्युत्भार कटौतीलाई शून्यमा झार्ने सरकारको लक्ष्यले पूर्णता पाउन लागेको प्राधिकरणको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा