पुस १९, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
'कुलमान घिसिङलाई काम गर्न देऊ, देशलाई लोडसेडीङमुक्त हुन देउ' भन्ने ब्यानर सहित सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोजेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । ति युवाहरुले लोडसेडीङ् मुक्त हुन लागेको देशलाई बिभिन्न शक्तिले पुन: लोडसेडीङमै धकालं चाहेको भन्दै बिभिन्न बिरोधपूर्ण नारा लगाएका थिए । उनीहरुले सर्वोच्च जस्तो देशकै ठूलो न्यायलयले पनि काम गर्नेका बिरुद्ध फैसला गरेको भन्दै बिरोध गरे ।
पर्दर्शनको लागि अदालत अगाडी आउनै लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पर्दर्शन गर्नेले खार्पाचोक युवा क्लव, काभ्रे लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले प्रहरीको भ्यानमा कोचिंदा समेत अदालतको निर्णय बिरुद्ध नाराबाजी गर्न छाडेनन् ।